• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

लोकप्रिय समाचार

  • १. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • २. भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

  • ३. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

  • ४. प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

स्तनपान गराउने महिलाले बिर्सेर पनि सेवन नगर्नुस् यी खानेकुरा



  •   शनिबार, साउन ०७, २०७९
  • A
  • A+
  • A++

काठमाडौँ। बच्चालाई स्वस्थ र फुर्तिलो राख्नको लागि आमाको दूध अमृत हो। स्तनपान गराउने महिलाले आफ्नो खानपान र स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ किनभने आमाको दुधबाट नै बच्चाले मानसिक र शारीरिक विकासका लागि आवश्यक पर्ने सबै पोषक तत्वहरू प्राप्त गर्न सकून्। स्तनपानको समयमा महिलाहरूलाई भिटामिन, क्यालोरी र खनिजहरू अरु समयको तुलनामा अलि धेरै आवश्यकता पर्ने गर्दछ।

स्तनपान गराउने महिलाले बिर्सेर पनि यी वस्तु खानु हुँदैन
क्याफिनको सेवनबाट बच्नुहोस्
क्याफिनको सबैभन्दा सामान्य स्रोत कफी, चिया, सोडा र इनर्जी ड्रिंक्स हुन्। स्तनपान गराउने महिलाका लागि क्याफिनयुक्त खानेकुरा खानु राम्रो हुँदैन। किनभने क्याफिन बढी मात्रामा सेवन गर्दा दूध कम हुन्छ। क्याफिनले दूधमा आइरनको मात्रा कम गर्छ, जसले बालबालिकामा एनिमिया निम्त्याउँछ। त्यसैले आवश्यक परेमा मात्र दिनभरिमा एक वा बढीमा दुई कप चिया वा कफी पिउन सकिन्छ।

ग्यास बनाउने वस्तु सेवनबाट टाढा रहनुहोस्
ग्यास हुने भएकाले स्तनपान गराउने महिलाले ब्रोकाउली, प्याज, काउली, बन्दा, चना, राजमा, केराउ, बदाम, आलु, मकै र काक्रो जस्ता खानेकुराहरू खानबाट टाढा रहनुपर्छ। यसको सेवन गर्नाले ग्यासको समस्या हुनुका साथै बच्चालाई पनि हुन सक्छ।

स्तनपान गराउने महिलाले खुर्सानी मसला, लसुन, प्याज आदि धेरै नखाने कुरामा सधैं ख्याल गर्नुपर्छ । किनभने यसले बच्चामा पखाला र अपच हुन सक्छ।

अमिलो फलफूलको उपभोग नगर्नुहोस्
स्तनपान गराउँदा महिलाहरूले सुन्तला, कागती र अमला जस्ता अमिलो फलफूलको सेवन गर्नुहुँदैन किनभने यसले बच्चाको पेटमा जलन गराउन सक्छ। जसका कारण बच्चालाई झाडापखाला र डायपर र्यासेज हुन सक्छ। यद्यपि, तिनीहरूलाई आहारबाट पूर्ण रूपमा हटाउन आवश्यक छैन। यिनीहरूको सेवन गर्दा बच्चाको व्यवहारमा कुनै परिवर्तन आएको छ वा छैन भन्ने कुरामा ध्यान दिनुहोस्, कुनै परिवर्तन भएको महसुस भयो भने बेलाबेलामा मात्र सेवन गर्नुहोस्।

ट्रान्स फ्याट भएका चीजहरू त्याग्नुहोस्
स्तनपान गराउने महिलाले केक, पेस्ट्री, ह्विप क्रिम, पिज्जा, बर्गर जस्ता खानेकुरामा ट्रान्स फ्याट बढी हुने भएकाले टाढा रहनुपर्छ। जसका कारण DHA को मात्रा घटाउन सकिन्छ। DHA ले बच्चाको ध्यान र साइकोमोटर क्षमताहरू विकास गर्छ।

महिलाहरूले मदिरा र धुम्रपानको सेवन गर्नुहुँदैन किनकि यसले स्तनपानको अवधिमा नकारात्मक असर पार्न सक्छ र स्वास्थ्यको लागि हानिकारक छ, जसले तपाईंको बच्चाको विकासलाई हानि पुर्‍याउँछ।

चकलेटको सेवन नगर्नुहोस्
चकलेटमा थियोब्रोमाइन नामक पदार्थ हुन्छ। जसको प्रभाव क्याफिनको बराबर हुन्छ। यदि स्तनपान गराउने महिलाले दिनमा ७५० मिलीग्रामभन्दा बढी थियोब्रोमाइन खान्छ भने यसले बच्चालाई निद्रामा समस्या ल्याउन सक्छ। त्यसैले धेरै चकलेट उपभोग नगर्नु होस्।

समुद्री नुन प्रयोग नगर्नुहोस्
स्तनपान गराउने महिलाहरूले समुद्री नुनको उपभोग गर्नुहुँदैन। किनभने यसको सेवनले दूधको गुणस्तर घटाउँछ। यसबाट बच्न, स्तनपानको समयमा सादा नुन प्रयोग गर्नुपर्छ। स्तनपान गराउने महिलाले आफ्नो र बच्चाको स्वास्थ्यको लागि माथिको जानकारीको विशेष ख्याल गर्नुपर्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

ट्रेन्डिङ

सबै

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.