• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

आदेश होइन कानुनको पालना गर्नुहोस्ः गृहमन्त्री लामिछाने

  •   बिहिबार, पुष २८, २०७९
  • A
  • A+
  • A++

उपप्रधान एबं गृहमन्त्री रबि लामिछानेले सुरक्षा निकायहरुलाई आदेश होईन कानुनको पालना गर्न निर्देशन दिनुभएको छ । भरतपुर बिमानस्थलमा आज जहाजबाट झरेपछि बिशिष्ट कक्षको प्रयोग नगरी सर्बसाधारणको बाटोबाट बाहिर निस्किएर पाकिङ् स्थलमा पत्रकार सम्मेलनमा बोल्दै उहाँले उच्च मनोवलका साथ काम गर्न निर्देशन दिनुभयो ।
कसैले प्रभाव पार्न खोजे कसैको पनि प्रभावमा नपर्न आग्रह गर्दै उहाँले भन्नुभयो “हामीले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन गरिसकेका छौ ।

जे हो त्यही हुन्छ । गलत हुन दिदैंनौ । कुनै पनि ढङ्गमा जे सहि हो त्यही मात्र काम गर्नका निमित्त भनेका छौ ।” आदेश होईन कानुन पालना गर्नुहोस भनेर सुरक्षा संयन्त्रमा भनिएको उहाँले बताउनुभयो । कुनै पनि राजनैतिक पार्टीको दवावमा नपरि काम गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “बिशेष गरेर कुनै पनि राजनैतिक दलले अपराध अनुसन्धानमा बाधा पु¥याउने र मेरो मान्छे छोडीदेउ भन्ने कुरा सुन्नु पर्दैन ।” अनुसन्धानमा वाधा पु¥याउने र दवाव दिएको प्रमाण ल्याएमा त्यस्ता मानिसलाई कानुनी दायरामा ल्याउन सकिने उहाँले बताउनुभयो ।

उहाँले थप्नुभयो “म सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई झन निर्मम भएर काम गर्नु, हाम्रो दलको मान्छे गृहमन्त्री छ भनेर कसैले प्रभाव पार्न खोजे प्रभावमा कोही पनि नपर्नुहोला ।” नेपाल प्रहरीलाई मजबुत वनाउन र उहाँहरु भित्र देखिएका समस्या समाधान गर्दै बिधिको शासन कायम गर्नका निमित्त काम भईरहेको उहाँले बताउनुभयो । प्रहरी प्रशासनलाई चुस्त पार्नका निमित्त कयैं योजनाहरु बनिरहेको उहाँले बताउनुभयो । सो अवसरमा आँफु निर्वाचित भए पछि चितवन क्षेत्र नम्बर २ मा गरिएका कामका बारेमा उहाँले जानकारी गराउनु भएको थियो ।

गृहमन्त्री लामिछानेले आँफुले राम्रो कति गर्न सक्ने थाहा नभएको तर नराम्रो नगर्ने बताउनुभयो । सरकारले छिट्टै पूर्णता पाउने भन्दै उहाँले आफ्नो पार्टीबाट बिज्ञताको आधारमा सरकारमा सहभागी गराईने बताउनुभयो । सबै निकाय संग समन्वय गरेर बिकासका काम गरिने लामिछानेले बताउनुभयो ।

देशभर वन्द भएका अबैध क्रशर उद्योग सञ्चालनका बिषयमा सचिब स्तरीय छलफल भइरहेको भन्दै उहाँले कानुनको पालना गर्ने कुरामा आँफु कटिवद्ध रहेको बताउनुभयो । व्यवसायीहरु संग छलफल गरेर यसको समाधान निकाल्ने उहाँले बतान्ुभयो ।

लामिछाने गृहमन्त्री भए पछि पहिलो पटक आँफु निर्वाचित भएको क्षेत्र एबं जिल्ला आउनु भएको हो । उहाँको स्वागतमा सुरक्षा निकाय र सुभेच्छुक कार्यकर्ता पुगेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.