Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असोज १५, २०८०
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

गठबन्धन सरकार कसैले हिलाएर हिल्दैन, पाँच वर्ष चल्छ : प्रधानमन्त्री दाहाल

रत्ननगर नगरपालिकाकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक

पोखरामा चट्याङ लागेर एकको मृत्यु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

लोकप्रिय समाचार

  • १. मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

आज तनहुँ जिल्ला अदालतमा पल शाह विरुद्धको मुद्दाको फैसला हुँदै



  •   मङ्गलबार, माघ ०३, २०७९
  • A
  • A+
  • A++

दमौली । तनहुँ जिल्ला अदालतमा आज पल शाह विरुद्धको मुद्दा माथि सुनुवाइ हुने भएको छ । बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको मुद्दामा आज सुनुवाइको मिति तोकिएको छ ।

शाह माथिको मुद्दाको नवलपुर अदालतको फैसला माग गरी हाल अनुसन्धान भइरहेको आज माघ ३ गते सुनुवाइको मिति तोकिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो । थप अनुसन्धानको लागि नवलपुर अदालतको फैसला मगाइएको उहाँले जानकारी दिनुभयो ।

शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा भने साढे दुई वर्षको कैद सजाय तोकेको छ । माघ ३ गते तनहुँ अदालतले पनि सफाइ दिने वा कैद सजाएँ तोक्ने फैसला हुने अनुमान गरिएको छ । नवलपुर अदालतमा चलेको मुद्दा के कस्तो अवस्थामा चलेको छ फैसला भए फैसलाको प्रमाणित कपी उपलब्ध गराउन तनहुँ जिल्ला अदालतमा पत्राचार भएको शाहको तर्फबाट बहस गर्नुभएका वरिष्ठ अधिवक्ता कमल मोहन वाग्लेले जानकारी दिनुभयो । न्यायाधीश कमलप्रसाद आचार्यले नवलपुर अदालतको फैसलाको माग गर्नु भएको तनहुँ जिल्ला अदालतले जनाएको छ ।

मुद्दाको अध्ययन गर्दै जाँदा नवलपुर अदालतमा के फैसला हुन्छ त्यो फैसलालाई तनहुँ जिल्ला अदालतमा पटके कायम हुने भन्ने माग दाबी लिएर जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग दायर गरेकोले माग गरिएको शाहको तर्फबाट बहस गर्नुभएका अधिवक्ता भानुभक्त सुवेदीले जानकारी दिनुभयो ।

नवलपुर अदालतको फैसलाविरुद्ध पनि कलाकार शाहले उच्च अदालत पोखरामा निवेदन दिनुभएको सुवेदीले जानकारी दिनुभयो। गत फागुन ११ गते बालिकाका बुवाले आफ्नी छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिनुभएको थियो । शाह फागुन १५ गते प्रहरी कार्यालयमा आफै सम्पर्कमा आउनुभएको थियो। पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडितले बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ ।

  • पल शाह
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

ट्रेन्डिङ

सबै

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.