• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

जाजरकोटमा भूकम्प पीडितको टहरामा पहिरो, ३ जना गम्भीर घाइते

  •   बुधबार, साउन ०२, २०८१
  • A
  • A+
  • A++

२ साउन, काठमाडौं । जाजरकोटको कुशे गाउँपालिकामा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो जाँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा कुशे गाउँपालिका–८ की ३४ वर्षीया कमला थापा, १६ वर्षीया निरमाया थापा र ४ वर्षीया हस्तिका थापा छिन् ।

घाइते भएकाहरुलाई हेलिकप्टरबाट उद्धार नेपालगञ्ज लैजाने तयारी भइरहेको कुशे गाउँपालिका–८, वडाध्यक्ष डिल्लीबहादर सिंहले जानकारी दिए । ‘सीडीओ साबसँग कराकानी भइरहेको छ । केही मिलाउँदै हुनुहुन्छ होला !’उनले भने ।
वडाध्यक्ष सिंहका अनुसार घाइतेमध्ये हस्तिकाको अवस्था गम्भीर छ । उनको होश आउने जाने भइरहेको छ भने निरमाया थापाको दुवै खुट्टामा चोट लागेको छ । ‘निरमायाको पहिले पनि खुट्टा अपरेशन गरेको रैछ । अहिले अर्को खुटमा पनि चोट लागेपछि हिँड्नै नसक्ने भएकी छन्’, उनले भने ।

गएराति करिब १० बजेको समयमा उनीहरु बसिरहेको ठाउँमा पहिरो गएको वडाध्यक्ष सिंहले जानकारी दिए । पहिरो जाँदै गर्दा खुट्टामा चोट लागेकी निरमायालाई टहराबाट निकाल्ने प्रयास गर्दा छिमेकी कल्पना पनि पहिरोको चपेटामा परेको सिंहले बताए । ‘झट्टै निकाल्छु भनेर गएकोबेला विचरा आफू पनि पहिरोमा परिन्’, उनले भने ।

गतवर्ष कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो जनधनको क्षति भएको थियो । उक्त भूकम्पले कुशे गाउँपालिका ७, ८, ९ लगायतका वडामा क्षति पु¥याएको थियो । बसेको घर भूकम्पले भत्काएपछि गाउँलेहरु अस्थायी टहरामा बसिरहेका छन् ।

वडाध्यक्ष सिंहले गाउँमा कुनै पनि घर बस्न लायक नरहेको बताए । पुनर्निमार्णका लागि केन्द्रबाटै चासो नहुँदा पीडितलाई आवास निर्माणका लागि दोस्रो किस्ता पनि उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।

कार्यविधिले गर्दा दोस्रो किस्ता दिनै सकिएको छैन । उहाँहरु अहिले छाप्रो टहरामै बसिराख्नुएको छ । यो ठाउँ भनेको खोला नाला धेरै भएको ठाउँ हो,’ वडाध्यक्ष सिंहले भने, ‘अझै जोखिम छ यो ठाउँमा । अझै धेरै क्षति पुर्‍याउन सक्ने देखिन्छ ।’
राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको अध्ययनले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १६ जिल्लाका विभिन्न ठाउँलाई मनसुनजन्य विपद्को जोखिम क्षेत्र घोषणा गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.