• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार ०९, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

रत्ननगरको भद्रकाली मावीमा असार १ गते घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने

ई. सुजन रेग्मी द्वारा रचना गरिएको ‘गोरखा सिरानचोक केराबारीमा’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

केआइइसीको शैक्षिक मेला भोलि : कलेज र युनिभर्सटीका प्रतिनिधिद्धारा परामर्श

रत्ननगरको नेपाल नमूना मावीमा बुद्धिराज सुवेदी सहित पाँचविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं महानगर प्रहरी प्रमुखको जिम्मेवारी बिष्णु जोशिलाई

रत्ननगरमा क्याण्डी, तितौरा र जाम बनाउने तालिम सकियो, माला र फूल सजावट सम्बन्धि तालिम शुरु

सरकारले चितवनका ७ पालिकालाई दियो ५ अर्ब १ करोड अनुदान, भरतपुरले पायो २ अर्ब ३६ लाख

लोकप्रिय समाचार

  • १. ७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

  • २. रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

आफू मरेर ३० जनाभन्दा धेरै यात्रुको ज्यान बचाउने चालक मेघनाथ विक



  •   बिहिबार, साउन ०३, २०८१
  • A
  • A+
  • A++

शुक्रबार बिहान मुग्लिन–नारायणगढ सडकखण्डमा दुईवटा दुःखद दुर्घटना भए । सिमलतालमा लेदोमाटोसहितको पहिरोले ६० जनाभन्दा धेरै यात्रुसहित दुईवटा बस बगायो । १७ किलो भन्ने ठाउँमा खसेको अर्को पहिरोले चाहिँ बस चालकको ज्यान गयो, ३० जनाभन्दा धेरै यात्रुको ज्यान जोगियो । आफू मरेर पनि यात्रुको ज्यान जोगाउने चालक हुनुहुन्थ्यो, नवलपरासी सुनवल-४ का ३६ वर्षीय मेघनाथ विक ।

बुटवलबाट यात्रु लिएर काठमाण्डौतर्फ गुड्दै गर्दा मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत १७ किलो भन्ने ठाउँमा सडक माथिबाट लेदोमाटो झरिरहेको थियो । लेदोमाटो खसेको देखेपछि चालक विकले बसको गति केही कम गर्नुभयो । त्यहीबेला एक्कासी माथिबाट खसेको ढुंगा चालक विकको टाउकोमा लाग्यो ।

बसमा रहेका यात्रुका अनुसार ढुंगाले लाग्दासमेत चालक विकले बस चलाइरहनुभयो र झन्डै ५० मिटरजति पर लगेर ब्रेक लगाउनुभयो । टाउकोमा ढुंगाले लाग्दासमेत उहाँले बस रोक्न भ्याउनुभयो । त्यसपछि उहाँको टाउकोबाट धेरै रगत बग्न थाल्यो । यात्रुले प्रहरीलाई खबर गरे । प्रहरी आएर तुरुन्त एम्बुलेन्स बोलाए र उपचारका लागि विकलाई भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा पुर्‍याइयो । ढुंगाले लागेर गम्भीर घाइते भएको विकको उपचारकै क्रममा ज्यान गयो । उहाँको हिजो त्रिवेणी धाममा अन्त्येष्टि गरिएको छ ।

मेघनाथको जीवनमा ठूला सपना थिएनन् । उहाँको केही महिनाअघि श्रीमतीसँग सम्बन्धविच्छेद भएको थियो । अहिलेलाई एउटा सानो घर बनाउने र फेरि घरजम गरी नयाँ जिन्दगी अघि बढाउने सपना मात्रै थियो । तर दाजु तेजबहादुर विकले दिएको दागबत्तीसँगै मेघनाथको सपना पनि शरीरसँगै जलेर खरानी भयो । उहाँको घरमा अब दाजुसँगै ६३ वर्षीया आमा, भाउजु र सानो भतिजो मात्रै छन् ।

मेघनाथ आफ्नो चालक पेशामा मात्रै नभई गाउँ समाजमा परिआउने हरेक खालको समस्यामा समेत सहयोगका लागि अगाडि सर्नुहुन्थ्यो । अहिले उहाँको सम्झानामा गाउँ नै शोकाकुल भएको छ । आफूबाहेक बसका सबै यात्रुको ज्यान जोगाउन सफल हुनुभएका मेघनाथ र त्यस बेलाको दुर्घटनाको क्षण सम्झिँदै छिमेकीसमेत रहेका बसका सहचालक बासु पौडेल भन्नुहुन्छ, ‘यो कस्तो दैवको नियति !’ ३६ वर्षीय विकको परिवारमा ६५ वर्षीय आमा, दाजु, भाउजु र सानो भतिजो छन् ।

नेपालमा बर्सेनि वर्षायाम र चाडपर्वमा गाडी दुर्घटना धेरै हुने गर्छन् । केहीबाहेक धेरैजसो दुर्घटनामा चालकलाई दोषी ठहराइन्छ । तर आफ्नो ज्यान बलिदान गरेर अरूको ज्यान जोगाएका मेघनाथ उदाहरण बन्नुभएको छ । यही घटना हवाई क्षेत्रसँग सम्बन्धित हुन्थ्यो भने राज्यले मरोणपरान्त सम्मान र परिवारलाई सेवा सुविधाको व्यवस्था गर्थ्याे । तर गाडी चालकलाई राज्यले बेवास्ता गर्ने गरेको गुनासो छ । आफ्नो ज्यान दिएर अरूको ज्यान जोगाएका मेघनाथलाई राज्यको तर्फबाट मरणोपरान्त भए पनि उचित सम्मान हुनुपर्ने माग भइरहेको छ । पुरन अधिकारी, सुनवल , उज्यालो अनलाईन

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

रत्ननगरको भद्रकाली मावीमा असार १ गते घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने

ट्रेन्डिङ

सबै

७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

रत्ननगरको भद्रकाली मावीमा असार १ गते घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने

ई. सुजन रेग्मी द्वारा रचना गरिएको ‘गोरखा सिरानचोक केराबारीमा’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

ई. सुजन रेग्मी द्वारा रचना गरिएको ‘गोरखा सिरानचोक केराबारीमा’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

केआइइसीको शैक्षिक मेला भोलि : कलेज र युनिभर्सटीका प्रतिनिधिद्धारा परामर्श

सप्तगन्डकी क्याम्पसमा वेव डेभलपमेन्ट सम्बन्धी वर्कसप तालिम सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.