• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, साउन १२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • ३. चार लाख भारतीय रकमसहित पक्राउ

  • ४. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ५. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • ६. जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

  • ७. कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

  • ८. पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

  • ९. नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

  • १०. नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

11औँ दिनमा पनि भेटिएनन् त्रिशुलीमा खसेका बस र ३७ यात्रु



  •   सोमबार, साउन ०७, २०८१
  • A
  • A+
  • A++

चितवनको सिमलतालबाट खसेर त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बस अझै भेटिएको छैन । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विशेषज्ञ टोलीले अघिल्लो शुक्रबारदेखि खोज्दा असफल भएपछि भारतीय टोलीसमेत लाग्दा यी बस र बसमा सवार अधिकांश यात्रु नभेटिएका हुन् ।

सिमलतालको पहिरोमा परेर वीरगञ्जबाट काठण्माडौं आउँदै गरेका बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २४९५ नम्बरको गणपति बस असार २८ गते त्रिशूलीमा बगेका थिए । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार हालसम्म २५ यात्रुको शव भेटिएको छ । त्यसमध्ये १८ जना यात्रुको शव पहिचान भएको साहायक प्रमुख जिल्ला अधिकारी खिमान्द भूषालले जानाकारी दिए । शव पहिचान हुनेमा १३ जना नेपाली र पाँच जना भारतिय नागरिक छन् । दुई वटा बसमा ६५ यात्रु सवार रहेकोमा तीन जनाले हाम फालेर ज्यान जोगाउन सफल भएका थिए । ६२ यात्रु बेपत्ता थिए ।

शव पहिचान हुने मध्येमा भारतका ऋषिपाल शाह, जयप्रकाश ठाकुर, सजाद अन्सारी, साहनबाज आलम र विवेक कुमार रहेका छन् । त्यस्तै चितवनका विकास परियार, सुदिप विक, रौतहटका किशोर कुमार चौधरी, अशोक कुमार यादव, अमृता कुमारी, तुलसी दास, सलार्हिका रमित कुमार माझी, जितेन्द्र राम महरा, पर्साका चन्द्र प्रभा कुमार चौधरी, बाराका परमानन्द पण्डित, मेलम्चि नगरपालिका १का ठाकुरप्रसाद चौलागाई, भक्तपुरका राजेन्द्र लामिछाने रहेका छन् । भेटिएका मध्ये १३ वटा शव भारतीय भूमिमा फेला परेका हुन् ।

यसलाई मध्येनजर गर्दै सुरक्षा निकायले घटना स्थलदेखि तलको भूभाग, नवलपरासी(बर्दघाट सुस्तापूर्व र पश्चिम)का जिल्ला र भारतसंग समन्वय गरी खोजी कार्य जारी राखेको साहायक प्रमुख जिल्ला अधिकारी भूषालले जानकारी दिए । ‘छिमेकी जिल्ला र भारतसंग समन्वय गरी खोज तथा उद्धार कार्यलाई नेपालका प्रविधि प्रयोग गरेर तिब्रता दिइरहेका छौँ,’ भूषालले भने ‘अपेक्षिकृत नतिजा आउन सकेको छैन ।’ घटना घटेको अवधिमा नदीमा बहाव अत्यन्त बढेको र गण्डक नहर ब्यारेजबाट पानीको बहावले शवहरु बगाउन सक्ने हुनाले भारतस्थित बिहार राज्यको पश्चिम चम्पानगर जिल्लासंग पनि समन्वय भएको उनले बताए । खोज तथा उद्धारका लागि नेपालमा भएका वाटर ड्रोन(सोनार) क्यामेरा, ¥याफ्टििङ बोट, मोटर बोट, गोताखोर साथै नदी किनारहरुमा सुरक्षाकर्मीले पैदलयात्रा मार्फत खोजी कार्यलाई जारी राखेका छन् ।

पानीको चाप अत्यधिक र नदी धमिलो भएकाले खोजी कार्य गर्न सुरक्षा निकायलाई समेत कठिन भएको छ । खोज तथा उद्वारका लागि ५ सयभन्दा बढी दक्ष जनशक्ति परिचालन भएका छन् ।

खोज तथा उद्वारका लागि भारतीय टोली परिचालित
सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस तथा यात्रुको खोजीका लागि भारतीय टोली परिचालित भएको छ । विभिन्न उपकरणसहित आएको भारतको नेशनल डिजास्टर रेक्पोन्स र्फोस (एनडिआरएफ)को १२ जनाको टोली आइतबार बिहानदेखि परिचालित भएका हुन् ।

सात दिनको लागि आएका उनीहरुले पहिलो दिन घट्नास्थल सिमलताल क्षेत्र र देवघाट क्षेत्रमा खोज तथा उद्वारको लागि खटिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानाकारी दिए । उनका अनुसार टोलीले सोमबार बिहानदेखि देवघाटभन्दा तल खोजिकार्य गर्नेछ ।

भारतीय टोलीमा तीन वटा सोनार क्यामेरा सहित चार जना गोताखोर रहेका छन् । एनडिआरएफका डिसि कुनाल तिवारीले भारतमा पनि यस्ता घट्नाका काम गरेको अनुभव रहेकाले खोजिकार्यमा समस्या नहुने बताएका छन् । ‘नेपालको जस्तो भौगोलिक वातावरण र नदी नाला भारतमा पनि छन् । त्यहाँ उद्वार कार्यमा नियमित सहभागी भएका हुन्छौँ,’ उनले भने ‘हामीले खोजिकार्यका लागि सक्दो प्रयास गर्नेछौँ ।’ लामोसमयसम्म पनि बस नभेटिएपछि सरकारले भारतबाट गोताखोर टोली ल्याएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

चार लाख भारतीय रकमसहित पक्राउ

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.