• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असोज ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • २. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ३. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

  • ८. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

आँखैअघिको भयानक दुर्घटनाले त्रासमा छन् गोठाटारका बासिन्दा

  •   बिहिबार, साउन १०, २०८१
  • A
  • A+
  • A++

९ साउन, काठमाडौं । बुधबार दिउँसो गोठाटार, खहरेस्थित जेजे मोटर ग्यारेजमा काम गर्ने २० वर्षका विज्ञान परियार खाना खाएर मोबाइल चलाउँदै थिए ।

एक्कासी ठूला आवाजमा केही पड्किएको सुनेपछि उनी झस्किए । आवाज आएकोतिर हेर्दा आकाशमा एउटा जहाजबाट धुवाँ आइरहेको देखे । हेर्दाहेर्दै त्यो जहाज खसेर त्रिभुवन विमानस्थल छेउको एक कन्टेनरमा ठोक्किएर दुई टुक्रा भयो ।

‘प्लेनको अगाडिको भाग कन्टेनर नजिकै खस्यो, पछाडिको भाग भित्तामा बजारिएर तल खेतमा खस्यो’, उनले भने । त्यसपछि जहाजका टुक्राहरुमा आगो दन्कियबुधबार विहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौंको त्रिभुवन विमानस्थलबाट

९ साउन, काठमाडौं । बुधबार दिउँसो गोठाटार, खहरेस्थित जेजे मोटर ग्यारेजमा काम गर्ने २० वर्षका विज्ञान परियार खाना खाएर मोबाइल चलाउँदै थिए ।

एक्कासी ठूला आवाजमा केही पड्किएको सुनेपछि उनी झस्किए । आवाज आएकोतिर हेर्दा आकाशमा एउटा जहाजबाट धुवाँ आइरहेको देखे । हेर्दाहेर्दै त्यो जहाज खसेर त्रिभुवन विमानस्थल छेउको एक कन्टेनरमा ठोक्किएर दुई टुक्रा भयो ।

‘प्लेनको अगाडिको भाग कन्टेनर नजिकै खस्यो, पछाडिको भाग भित्तामा बजारिएर तल खेतमा खस्यो’, उनले भने । त्यसपछि जहाजका टुक्राहरुमा आगो दन्कियो ।

बुधबार विहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौंको त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरको जहाज दुर्घटना भएको थियो । दुर्घटनास्थल विज्ञानले काम गर्ने ग्यारेजदेखि ३०० मिटर पर मात्र छ ।

त्यही ग्यारेजमा गाडी बनाउन पुगेका बस चालक कृष्ण थापा पनि दुर्घटनाको प्रत्यक्षदर्शी हुन् । प्लेन खसेर कन्टेनरमा ठोक्किएपछि दुई टुक्रा भएको दृश्य देख्दा उनी आत्तिए । उनी र ग्यारेजमा काम गर्ने मजदुरहरु जहाज खसेको ठाउँतिर दौडिए । तर विमानस्थल क्षेत्रमा तारजाली लगाएकाले उनीहरु आगो लागेको ठाउँसम्म पुग्न सकेनन् । ‘बाहिरबाट आगो बलेको हेरिरह्यौं, त्यो एकदमै भयावय दृश्य थियो’ उनले भने, ‘तारजाली नाघेर जान पनि खोजेका हौं तर सकेनौं ।’
दुर्घटनास्थलमा शवहरु यत्रतत्र छरिएको स्थानीयले देखेका थिए । घटनास्थल पुगेका अर्का स्थानीय समुन तामाङका अनुसार शवहरु विमानबाहिर खसेका थिए ।

दुर्घटनाको करिब २० मिनेटपछि दमकल र सुरक्षाकर्मी घटनास्थल पुगेका थिए । कन्टेनर रहेको ठाउँ विमानस्थलको धावनमार्गकै सतहमा रहेकाले उद्दारकर्मी चाँडै पुगे । तर विमानको अर्को भाग गहिरो ठाउँमा खसेकाले उद्दारकर्मीहरु ढिला पुगे ।

सुरक्षाकर्मीले करिब साढे १२ बजे शवहरु संकलन गरिसकेका थिए । उक्त दुर्घटनामा १८ जनाले ज्यान गुमाए भने पाइलट मनिष शाक्य घाइते भए । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीयलाई झस्काइरहने दुर्घटना

जहाज दुर्घटना भएको क्षेत्र दिनभर तनावग्रस्त रह्यो । त्यहाँ स्थानीय, सुरक्षाकर्मी र सञ्चारकर्मीको बाक्लो भिड थियो । मान्छे र गाडीको भीड नियन्त्रण गर्न ट्राफिक प्रहरी खटाउनुपरेको थियो ।

आँखाअघि दुर्घटनाको भयानक दृश्य देखेका खहरे र गोठाटारका दिनभर त्रसित रहे । ‘आँखैअघि मुस्लोसहित उडिरहेको प्लेन खसेको दृश्य देखें’ स्थानीय गोविन्द सिलवाल भन्छन्, ‘त्यो घटनापछि मेरो, अहिलेसम्म हात खुट्टा काँपिरहेका छन् ।’

पहिलो पटक ठूलो जहाज दुर्घटनाको प्रत्यक्षदर्शी बनेका उनीहरु दुर्घटनापछि आफूहरु झस्किरहेको बताउँछन् । दुर्घटनाको दृश्य आँखाअघि नै घुमिरहेको सिलवालले बताए ।

स्थानीय बासिन्दाले दुर्घटना हुँदादेखि उद्दारसम्मको दृश्य हेरिरहे । विमानस्थलमा ताराबार लगाएकाले भित्र प्रवेश गर्न भने पाएनन् । ‘हाम्रो जस्तै कसैको परिवार आज क्षणभरमै खरानी भयो । बिडम्बना आगोले मानिसहरु जलेको दृश्य हामीले देख्नुपर्‍यो’ हतासपूर्णमा भावमा एक स्थानीयले भने, ‘यस्तो दुर्घटना फेरि कहिल्यै नहोस् ।’

त्रिभुवन विमानस्थल पछाडिको क्षेत्र खहरे, गोठाटारमा बाक्लो बस्ती छ । जुन आज भएको दुर्घटनास्थलको नजिकै हो । उक्त जहाज बस्तीमा खसेको भए अझै ठूलो मानवीय क्षति हुन सक्ने भन्दै स्थानीय बासिन्दा ठूलो क्षति हुनबाट जोगिएको बताउँछन् ।

‘दुर्घटनास्थल बस्ती नजिकै थियो’, स्थानीय सिलवालले, ‘कसैगरी प्लेन बस्तीतर्फ बढेको भए बस्ती नै तहसनहस हुने रहेछ ।’

दुर्घटनास्थलबाट २०० मिटर पर व्यस्त सडक छ । त्यहाँ खसेको भए पनि ठूलो मानवीय क्षति हुन सक्ने भन्दै स्थानीय बासिन्दा त्यसबाट जोगिएको बताउँछन् । ‘अहिले जे घटना भयो, त्यो हामी कहिल्यै बिर्सन सक्दैनौं’, सिलवालले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

ट्रेन्डिङ

सबै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.