• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, जेठ ०४, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

स्काइवेल खरीद गर्ने दम्पतीलाई युरोप भ्रमणको सुविधा

कारले मोटरसाइकललाई ठक्कर दिँदा बुबा-छोरीको मृत्यु

नागढुङ्गा नौबिसे सडक विस्तार: यही वैशाख २२ देखि ३१ गतेसम्म रातिमा पाँच घण्टा बन्द गरिने

पुष्पाञ्जली अस्पतालमा आरोग्य प्याकेज ः रु १५०० मै ल्याबसहित स्वास्थ्य परीक्षण

व्यवसायसंँगै राजनीतिमा सक्रिय राजकुमार तरुणदल चितवनको अध्यक्षको तयारीमा

लोकप्रिय समाचार

  • १. भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

सिंगो कमाइ छोरालाई पाइलट बनाउन लगानी, ४ वर्षमै टुट्यो ओमको सहारा



  •   शुक्रबार, साउन ११, २०८१
  • A
  • A+
  • A++

भावपूर्ण श्रद्धाञ्जली साथी सुशान्त कटुवाल ! ‘क्यान नट विलिभ यार’ जब एउटा डिपार्चर कक्षबाट ‘बाई’ भन्दै बिदाइमा हल्लिएका हात अर्को आगमन कक्षमा ‘हाई’ भन्न नपाउँदै आकाशको इन्द्रेणी बिलाएजसरी बिलाउँछन्, तब यस्तो लाग्छ– यति छोटो जिन्दगीका लागि हामीले देख्ने गरेका लामा–लामा सपनाहरू कतै ओभरडोज त होइनन् ?’ सौर्य एयरलायन्सको जहाज दुर्घटनामा बुधबार को–पाइलट सुशान्त कटुवालको निधन भएपछि उनका साथी अमित भण्डारीले सामाजिक सञ्जालमा लेखेको मर्मस्पर्शी स्टाटस हो यो । उक्त दुर्घटनामा कटुवालसहित १८ जनाले ज्यान गुमाए ।

भण्डारीका उनै साथीले उडाएको सौर्य एयरको ९ एन एएमई जहाज बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेलगत्तै दुर्घटनामा पर्‍यो । संयोग– जहाज उडाउनेमध्ये क्याप्टेनको २३ मिनेटमा उद्धार भयो । तर, को–पाइलट कटुवाल इन्द्रेणीसरह बिलाए ।

२८ वर्षीय को–पाइलट कटुवालको पुर्ख्यौली थलो ओखलढुंगाको सुनकोशी गाउँपालिका– ७ हो । उनका बुवा ओमबहादुर कटुवाल अवकाश प्राप्त पूर्व जिल्ला शिक्षा अधिकारी हुन् ।

मर्मतका लागि प्राविधिक र चालक दलसहित १९ जना सवार जहाज पोखराका लागि उडान भरेको केही सेकेन्डमै दुर्घटनाग्रस्त भयो ।

जमिनमा बजारिएपछि घिस्रिएको जहाजले शुरूमा एयर डाइनेस्टीको कन्टेनरलाई हान्यो ।

कन्टेनरमा जहाजको ककपिटको भाग ठोक्किएपछि तल झरेका क्याप्टेन मनिषरत्न शाक्यको जीवित नै उद्धार भयो ।

तत्काल सिनामंगलस्थित केएमसी लगिएका क्याप्टेन खतरामुक्त छन् । तर, को–पाइलटको सुशान्त भने परिवारलाई शोकमा छाडेर अस्ताएका छन् ।

जहाजको पछाडिको भाग अझै पर पुगेर आगो लागेपछि अरू कसैको पनि जीवित उद्धार सम्भव भएन । क्याप्टेनबाहेक सबैको निधन हुन पुग्यो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

ट्रेन्डिङ

सबै

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

स्काइवेल खरीद गर्ने दम्पतीलाई युरोप भ्रमणको सुविधा

नागढुङ्गा नौबिसे सडक विस्तार: यही वैशाख २२ देखि ३१ गतेसम्म रातिमा पाँच घण्टा बन्द गरिने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.