• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, जेठ ०३, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

स्काइवेल खरीद गर्ने दम्पतीलाई युरोप भ्रमणको सुविधा

कारले मोटरसाइकललाई ठक्कर दिँदा बुबा-छोरीको मृत्यु

नागढुङ्गा नौबिसे सडक विस्तार: यही वैशाख २२ देखि ३१ गतेसम्म रातिमा पाँच घण्टा बन्द गरिने

पुष्पाञ्जली अस्पतालमा आरोग्य प्याकेज ः रु १५०० मै ल्याबसहित स्वास्थ्य परीक्षण

व्यवसायसंँगै राजनीतिमा सक्रिय राजकुमार तरुणदल चितवनको अध्यक्षको तयारीमा

लोकप्रिय समाचार

  • १. भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

  • २. नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

विदेश छाडेर गाउँमै कृषि पेसमा जोडिँदै युवा



  •   सोमबार, माघ ०७, २०८१
  • A
  • A+
  • A++

भोजपुर, माघ ६-यहाँका युवाहरू विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसायमा जोडिन थालेका छन् । राज्यको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भएसँगै यहाँका युवा कृषि पेसामा आकर्षित भएका हुन् ।

यहाँका युवाहरूले पछिल्लो समय व्यावसायिक रूपमा कृषि पेसाबाट मनग्य आम्दानी गर्दै आएका छन् । विदेशको भोगाइपछि आफ्नो ठाउँमा उद्यमशील बन्ने सोचका साथ व्यवसायमा जोडिएको युवा बताउँछन् ।

विदेशबाट फर्केर टेम्केमैयुङ–५ को शिवकुमार विष्टले व्यावसायिक रूपमा बाख्रापालनसँगै विभिन्न कृषि उद्यम गर्दै आउनुभएको छ । बाख्रापालनसँगै व्यावसायिक रूपमा स्याउखेती विस्तारमा जुटेको उहाँले बताउनुभयो । “विभिन्न देशमा गरेर १० वर्ष आफ्नो उर्वर समय बाहिर बिताएँ, अब स्वदेशमा केही गर्ने योजना छ । विदेशमा गर्ने मेहनत यहाँ गर्ने हो भने प्रशस्त आम्दानी हुन्छ”, उहाँले भन्नुभयो ।

स्थानीयर सरकार र सरोकार भएका निकायका तर्फबाट पनि विदेशबाट फर्केका युवालाई लक्षित गरेर विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनमा ल्याएपछि व्यावसायिक रूपमा आवद्ध हुन चाहनेका लागि सहज भएको विष्टले बताउनुभयो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय तहलगायत निकायले विदेशबाट फर्केका युवालाई लक्षित गरेर विभिन्न प्रोत्साहनमूलक, तालिम तथा सीप प्रदान गर्दै आएका छन् ।

पुस्कर विष्टले पनि विदेशबाट फर्केर व्यावसायिक रूपमा बाख्रापालन गर्दै आउनुभएको छ । ‘पुस्कर कृषि तथा पशुपालन फार्म’ सञ्चालन गरी बोयर र स्थानीय जात ५६ वटा बाख्रा पालन गरिरहेको उहाँले जानकारी दिनुभयो । “विदेशबाट फर्केर पाँच वर्षदेखि व्यावासायिक बाख्रापालनमा लागेको छु”, उहाँले भन्नुभयो, “अहिले फार्ममा ५६ वटा खसी, बाख्रा छन् । वार्षिक रु आठ÷दश लाखको कारोबार हुन्छ ।”

बाख्रामा विभिन्न समयमा देखिने रोगका कारण भने समस्या हुने गरेको पुस्करले बताउनुभयो । जाडो याममा बढी मात्रामा बाख्रामा निमोनियाको जोखिम देखिने गरेको उल्लेख गर्दै गाउँमा पशु प्राविधिकको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय सरकारले किसानको व्यावसायिक योजनाको आधारमा आवश्यक सहयोग गरेमा कृषिमा लाग्ने युवाको सङ्ख्या अझ बढ्ने उहाँको भनाइ थियो । बाख्रापालनको लागि अहिले दश रोपनी क्षेत्रमा घाँस विस्तार गरेको बताउँदै पुस्करले योसँगै व्यावसायिक रूपमा अलैँचीखेती विस्तारसमेत गरिरहको जानकारी दिनुभयो ।

विदेशबाट फर्केर गाउँमा व्यावसायिक बाख्रापालनसँगै किबी, एभोकाडो, ओखर र सुतवाखेती गरिरहनुभएका अर्का युवा एकराज विष्टले विदेश जानुभन्दा गाउँमा व्यवसाय गरेर उदाहरणीय बन्न सकिने बताउनुभयो । “व्यावसायिक बनेर काम गर्न सकियो भने यहाँ प्रशस्त आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “अहिले गाउँमा धेरै युवाहरू विदेशबाट फर्केर उद्यममा जोडिएका छन् । यही मेहनत गर्न हो भने वार्षिक रु चार-पाँच लाख कमाउन समस्या छैन ।” रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

ट्रेन्डिङ

सबै

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

पुष्पाञ्जली अस्पतालमा आरोग्य प्याकेज ः रु १५०० मै ल्याबसहित स्वास्थ्य परीक्षण

स्काइवेल खरीद गर्ने दम्पतीलाई युरोप भ्रमणको सुविधा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.