• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार ०९, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

रत्ननगरको भद्रकाली मावीमा असार १ गते घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने

ई. सुजन रेग्मी द्वारा रचना गरिएको ‘गोरखा सिरानचोक केराबारीमा’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

केआइइसीको शैक्षिक मेला भोलि : कलेज र युनिभर्सटीका प्रतिनिधिद्धारा परामर्श

रत्ननगरको नेपाल नमूना मावीमा बुद्धिराज सुवेदी सहित पाँचविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं महानगर प्रहरी प्रमुखको जिम्मेवारी बिष्णु जोशिलाई

रत्ननगरमा क्याण्डी, तितौरा र जाम बनाउने तालिम सकियो, माला र फूल सजावट सम्बन्धि तालिम शुरु

सरकारले चितवनका ७ पालिकालाई दियो ५ अर्ब १ करोड अनुदान, भरतपुरले पायो २ अर्ब ३६ लाख

लोकप्रिय समाचार

  • १. ७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

  • २. रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

घुमेर फर्कदै थिईन चितवनकी सुमिना , आबुखैरहनीमा दु’र्घटनामा परेर अस्ताइन



  •   शनिबार, माघ १९, २०८१
  • A
  • A+
  • A++

चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत पाँच विद्यार्थी तनहुँको बन्दिपुर घुमेर फर्कदैगर्दा दुर्घटनामा परेका छन । बिएससी एजी सातौ समेष्टरमा अध्ययनरत उनिहरु बिदाको समय पारेर बन्दिपुर घुम्न गएका थिए ।

शुक्रबार चितवन फर्कदैगर्दा उनिहरु सवार बस तनहुँको आँबुखैरेनी गाउँपालिका–१, सत्रसयमा दुर्घटनामा पर्‍यो । दुर्घटनामा परेर भरतपुरकी सुमिना सापकोटाको निधन भएको छ । उनका साथिहरु आइसा पौडेल, आस्था काफ्ले, अन्जली शाह, लक्ष्मी विनाबी घाइते भएका छन । उनिहरुको भरतपुरको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते चार जनाको अवस्था सामान्य रहेको बताइएको छ ।

बिएससी एजी सातौ सेमेष्टरमा अध्ययनरत निकेश शर्माले भनेः पढाइ सकेर इन्टनसिपमा जाने तयारी थियो । शुक्रबार दुःखद घटना भयो । रामपुर कृषि क्याम्पस शोकमा छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका डिन अर्जुन कुमार श्रेष्ठले पनि दुर्घटनामा विद्यार्थी परेको पुष्टि गर्नुभयो । मृतक सुमिनाको शव पोष्टमाटमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले दुर्घटनामा घाइते सुमिनालाई उपचारका लागि आँबुखैरेनी अस्पताल पुर्‍याए पनि चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए । सुमिना सवार बा ५ ख २९९९ नम्बरको बस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१, सत्रसयमा हिजो (शुक्रबार) सडक छेउको कल्भर्टमा पल्टिएको थियो । दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा कैलाली जोशीपुरका २३ वर्षीया लक्ष्मी बनादी, धनगढी बसबरिया गाउँपालिका–५ बस्ने २२ वर्षीया अन्जली शाह, तनहुँको म्याग्दे गाउँपालिका–७ बस्ने १९ वर्षीय किसान विक, व्यास नगरपालिका–१२ बस्ने १९ वर्षीय सुनिल विक, कास्कीको पोखरा महानगरपालिका–८ बस्ने २२ वर्षीया आयुषा पौडेल, गोरखाको सिरानचोक गाउँपालिका–४ बस्ने ५१ वर्षीय सुनिल ढकाल घाइते भएका छन् ।

त्यसैगरी लमजुङको बेसीसहर नगरपालिका–३ बस्ने ४१ वर्षीय कृष्णबहादुर पाण्डे, तनहुँको व्यास नगरपालिका बस्ने १३ वर्षीया आस्था काफ्ले, गोरखाको सिरानचोक गाउँपालिका–४ बस्ने ४२ वर्षीय रामशरण कुँवर, सहिद लखन गाउँपालिका–२ घर भई हाल बन्दीपुर गाउँपालिका–१ बस्ने ५९ वर्षीय उज्ज्वल विक, भानु नगरपालिका–१० बस्ने ५० वर्षीय खेमराज लौडारी र सोही ठाउँ बस्ने १७ वर्षीय प्रशान्त लौडारी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू मध्ये केहीको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस चालक भानु नगरपालिका–५ बस्ने ३५ वर्षीय रविन्द्र घलेलाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

रत्ननगरको भद्रकाली मावीमा असार १ गते घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने

ट्रेन्डिङ

सबै

७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

रत्ननगरको भद्रकाली मावीमा असार १ गते घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने

ई. सुजन रेग्मी द्वारा रचना गरिएको ‘गोरखा सिरानचोक केराबारीमा’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

ई. सुजन रेग्मी द्वारा रचना गरिएको ‘गोरखा सिरानचोक केराबारीमा’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

केआइइसीको शैक्षिक मेला भोलि : कलेज र युनिभर्सटीका प्रतिनिधिद्धारा परामर्श

सप्तगन्डकी क्याम्पसमा वेव डेभलपमेन्ट सम्बन्धी वर्कसप तालिम सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.