केही दिन अगाडि प्युठानमा डष्तबिन भित्र एउटा मृ!त नवजात शिशु फेला परेको थियो, प्रहरीले अनुसन्धान गर्दै जादा यो घटना अर्घाखाँची शितगंगा घर भई कोठामा बस्ने Class 9 मा पढ्ने 17 वर्षिय किशोरीसम्म पुग्छ ! ती किशोर चिटिक्क परेर घटना स्थलमा सर्वसाधारण जस्तै आएकी थिइन् भने प्रहरीले सामान्य सोधपुछ गर्दा पनि केही मेसो पाउन सकेको थिएन, अनुसन्धान कै क्रममा ती किशोरीलाई प्रहरीले अर्को दिन फेरि सम्पर्क गरि सोधपुछ गरिन्छ फेरि पनि उनले कुनै शंका गर्न नसकिने गरि सामान्य जवाफ दिन्छिन् यहीँ क्रममा उनको स्वास्थ्य चेक गर्न लगाईन्छ र बच्चा ती किशोरले नै जन्म दिएको कुरा पुष्टि हुन्छ, त्यतिकैमा उनी डाको छोडेर रुन थालिन् ।
सोही ठाँउको एउटा स्कुलमा कक्षा ९ मा ती किशोरि अध्ययन गर्थिन भने सोहि स्कुलको कक्षा १२ मा पढ्ने एक जना विद्यार्थी उनका प्रेमी थिए केहि वर्षको प्रेम सम्बन्धको नतिजा त्यो मृ!त शिशु थियो।
गर्भवती रहेका बेला उनलाई आफू मोटाउदै गएको भन्ने लाग्थ्यो भने मङ्सिर महिनामा आएर मात्रै उनलाई आफू गर्भवती भएको थाहा भएको थियो यो कुरा प्रेमिलाई भन्दा उनले मजाकमा लिने गर्थे चिसोको सिजन भएको हुँदा मोटो कपडा लगाएर स्कुल जाने उनलाई गर्भवती रहेको समेत कसैले मेसो पाएनन् । केहि दिन अगाडि रातिको समयमा ती किशोरीले सकुशल छोरालाई जन्म दिईन् अनि उनले प्रेमिलाई फोन गरि तेरो छोरा लैजा भन्दा उनले फोन काटेर मोबाइल अफ गर्दिन्छन ।
त्यतिकैमा ब!च्चा रुन थाल्यो, छिमेकीहरुले थाहा पाउने डरमा ब!च्चाको मुख छुपेको र ब!च्चा लाई सिमेन्टको चिसो भुइँमा राखेको उनले बताइन् । मृ!त बच्चालाई एक दिन कोठामै राखी अर्को दिन उनले 15 मिनेट लाग्ने बजारको डष्टबिनमा फालेर फर्किन। ती किशोरीका बुबा छैनन्् भने आमा रोजगारीका लागि दुबैमा छिन। प्रेमी र प्रेमिका दुबैलाई पक्राउ गरिएको छ ।