• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असोज ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • २. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ३. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

  • ८. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

टेलिफोनबाट सुरु भएको प्रेम, पहिलो भेटमै हत्या



  •   आइतबार, माघ २०, २०८१
  • A
  • A+
  • A++

धनगढी । अछामको ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा मृत फेला परेका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको छ।

माघ ११ गते गोठालो गएका बेला बेपत्ता भएका उनीहरू भोलिपल्ट छिन्ने जंगलमा मृत भेटिएका थिए। ढकारी गाउँपालिका-८ पल्साताकी दुवै किशोरीको ढुंगा प्रहारबाट हत्या भएको निष्कर्ष प्रहरी अनुसन्धानबाट खुलेको हो।

हत्या प्रकरणमा दुई किशोर पक्राउ
हत्या आरोपमा ढकारी गाउँपालिका-३ तालीका दुई किशोर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय अछाम, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले अनुसन्धान गर्दै उनीहरूलाई पक्राउ गरेको हो।

आज पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले दुवै किशोरलाई सार्वजनिक गरेका छन्। तर, उनीहरू नाबालक भएकाले नाम खुलाइएको छैन।

प्रेम सम्बन्ध र पहिलो भेटमै हत्या
प्रहरी अनुसन्धान अनुसार, मृतक इशरा खड्का र एक आरोपी किशोरबीच लामो समयदेखि टेलिफोनमा कुराकानी हुँदै आएको थियो। उनीहरूको सम्बन्ध प्रेममा परिणत भए पनि प्रत्यक्ष भेट भने भएको थिएन।

हत्या आरोपी किशोरहरू माघ महिनामा कोसेली लिएर फुपुको घर गएका थिए। सोही मौकामा किशोरीहरूसँग भेट्ने योजना बनाएर छिन्ने जंगल पुगेका थिए।

सरस्वतीको हत्या: प्रेम प्रस्ताव अस्वीकार गर्दा क्रुर आक्रमण
भेटका क्रममा आरोपीमध्ये एक किशोरले सरस्वतीलाई प्रेम प्रस्ताव राख्दै विवाहको प्रस्ताव गरे। तर, सरस्वतीले अस्वीकार गरिन्। त्यसपछि उनले जबरजस्ती यौन सम्बन्ध राख्ने प्रयास गरे। जब सरस्वतीले प्रतिवाद गरिन्, उनले ढुंगाले हानेर उनको हत्या गरे। हत्या लुकाउन उनले भीरमाथिबाट ठूलो ढुंगा खसाले।

इशराको हत्या: साक्षी बनेपछि अर्को क्रुरता
सरस्वतीको हत्या हुँदा इशरा तल बाख्रा चराउन गएकी थिइन्। तर, ढुंगा खस्ने आवाज सुनेर जब उनी घटनास्थलमा आइन्, सरस्वतीको शव देखिन्।

इशराले आरोपितहरूलाई सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गर्ने बताइन्। त्यसपछि आरोपितहरूले इशरालाई पनि मार्ने योजना बनाए। दुवैले मिलेर ढुंगा प्रहार गर्दै उनको हत्या गरे।

हत्या लुकाउने प्रयास असफल
हत्या भएपछि घटनालाई दुर्घटनाजस्तो देखाउन भीरबाट लगातार ढुंगा खसालिएको प्रहरीले बताएको छ। तर, प्रत्यक्षदर्शी १० वर्षीय नाबालकको बयानका आधारमा अनुसन्धान अघि बढाइयो।

तीन जनाले ढुंगा खसालिरहेको देखिएको जानकारी पाएपछि प्रहरीले अनुसन्धान तीव्र पार्यो। अनुसन्धानकै क्रममा गाउँबाट भाग्ने योजनामा रहेका दुई किशोर पक्राउ परे।

प्रहरीले एक नाबालकलाई सरकारी साक्षी बनाएको छ भने अन्य दुईविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

ट्रेन्डिङ

सबै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.