काठमाडौं । केही महिनाअघि मात्रै विवाह बन्धनमा बाँधिएकी गायीका एलिना चौहानले आफ्ना पति विरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् । पति विष्णु सापकोटा विरुद्ध उनले जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी हुन् ।
पति सापकोटाले कार्यक्रममा हिँडडुल गर्दा अनावश्यक शंका उपशंका गर्ने, कार्यक्रम बिचमै बोलाएर आफ्नो कलाकारीता पेशाको अपमान गर्ने गरेको कारण स्वतन्त्र भई बस्ने निष्कर्शमा उनी पुगेका हुन् । एलिनाले आफ्ना पति विरुद्ध अंश तथा मानाचामल नलिने गरि सम्बन्ध विच्छेद गरिदिन माग गरेकी छिन् ।
SOurce: Diyo Post.com