गायिका एलिना चौहानले सम्बन्ध विच्छेदको मुद्दा आफैले दायर गरे पनि पति विष्णुको माया अझै रहेको एलिनाले बताएकी छन्। अहिले सामाजिक सञ्जालका टिप्पणीमा विष्णुलाई गाली आउँदा आफ्नो चित्त दुख्ने गरेको पनि उनले बताइन्।
‘मायाको कुरा गर्दा कस्तो हुँदो रहिछ भने आफूले माया गरेको मान्छेलाई गाली गर्दा खेरी आफूले नै गाली खाएभन्दा अझ धेरै पीडा हुँदो रहेछ,’ एलिनाले भनेकी छन्,‘त्यसैले तपाईँहरू धेरैले यो समयमा मलाई साथ दिन्छु भन्ने सोचिरहनु भएको छ भने ठिक छ साथ दिनुस्। तर, उहाँलाई नराम्रो नभन्नुहोला उहाँलाई गाली नगर्नुहोला।’
बरु आफूलाई गाली गर्न समर्थकलाई एलिनाले भनेकी छन्। ‘बरु मलाई गाली गर्नु केही छैन। जिन्दगीमा कस्तो–कस्तो भोग्यो! कस्तो कस्तो सहियो ! खरानी भइसकेको मान्छेलाई आगोसँग डर हुँदैन क्या,’ एलिनाले लाइभमा भनेकी छन्।
एलिनाले बढी नै भावनामा बगेर आफ्नो जिन्दगी बिगार्न आफू नै जिम्मेवार रहेको भनेकी छन्। उनले भनेकी छन्, ‘मैले आफै बिगारेको हो। मैले जानीजानी बिगारेको हो। हामीले जानीजानी बिहे गरेको हो।’
आफू कलाकार हो, भन्ने जान्दाजान्दै पति विष्णुले बिहे गरेको पनि एलिनाले भनेकी छन्। ‘आनीबानी जानेरै बिहे गर्नुभएको हो। तर नहुने रहिछ अझ अगाडि यो भन्दा पनि अझै नराम्रो हुने रहिछ भनेर छुटिने निर्णय गरेको हो,’ उनले भनेकी छन्।