२४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस चितवन जिल्ला अदालतमा सकिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासमा भएको यस बहसमा जवाफी बहस पनि सम्पन्न भएको छ । अब यस मुद्दामा आदेश जारी हुने तयारी गरिएको छ । लामिछाने साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन हिजै अदालत उपस्थित भएकाथिए ।
उनको थुनछेक बहसमा समय निकाल्न नसकेपछि उनलाई प्रहरीको जिम्मामै राखिएको। सरकारकातर्फबाट जिल्ला न्यायाधिवक्ताहरू रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला, सहायक जिल्ला न्यायाधिवक्ताहरु बुद्धबहादुर थापा, अमृत सुवेदीले बहस गरे।
जाहेरवालाकातर्फबाट वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, राज कुमार श्रेष्ठ, अधिवक्ताहरू गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र आर. सी. गौतम, सुनिता अधिकारीले बहस गरे।
प्रतिवादी लामिछानेकातर्फबाट वरिष्ठ अधिव्कताहरू सुशील कुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य, सुरेन्द्रबहादुर थापा, अधिव्कताहरू रामकृष्ण देवदोता, डा. नरेंद्रदत्तकंडेलले बह्स गरे।