Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, बैशाख २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

लोकप्रिय समाचार

  • १. टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

मनकामनाले भित्र्यायो चितवनमा डेडबडी फ्रिजर

  •   शनिबार, फागुन ०३, २०८१
  • A
  • A+
  • A++

फागुन ३, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित विरेन्द्र डिग्री क्याम्पसगेटमा मनकामना डेडबडी फ्रिजिङ्गले शव फ्रिजीङ्गको सेवा शुरु गर्न थालेको छ । घरमा मृत्यु भएका या अस्पतालमा सबै प्रक्रियापछि पठाईएको शबलाई लक्षित गर्दै यो सेवा शुरु गरिएको हो ।

विदेशमा रहेका सन्तानहरुको पर्खाइ र शव सुरक्षणको लागि यो सेवा शुरु गरिएको कम्पनीका प्रबन्ध निर्देशक कृष्ण रिमालले जानकारी दिए । ‘ विदेशमा भएका मृतकका सन्तानको आवश्यकतालाई मध्यनजर गरी यो सेवा दिन थालेका हौं, यो सेवाले शब धेरैदिनसम्म पनि राख्न सकिन्छ , अर्को कुरा यो सेवाले मृतकको सम्मान पनि हुन्छ । ’ रिमालले भने । देशकै केन्द्र विन्दु भएको र यस वरपरका जिल्लाका सेवाग्रााहीलाई सेवा दिने उद्धेश्य सहित यो सेवा शुरु गरिएको उनले बताए ।

उनका अनुसार कुनैघरमा कुनैव्यक्तिको मृत्यु भएमा र सन्तान तथा आफन्तलाई कुर्नुपर्ने भएमा यो फ्रिजर घरमै डेलीभरी गर्ने र शव सुरक्षित गरिनेछ । अत्याधुनिक र अटोमेटिक फ्रिजर भएका कारण शवलाई उचित तापक्रममा १० देखि १५ दिनसम्म राख्दा पनि कुनै समस्या नआउने उनले बताए । ‘यो फ्रिजमा शव राख्दा १५ दिनसम्म सड्ने गल्ने, गन्हाउने हुंँदैन, रिमालले भने, शव जस्ताको तस्तै रहन्छ ।’

अस्पतालबाट घर फर्काइएका वा घरमै आकस्मिक मृत्यु भएका व्यक्तिको शवको सुरक्षा होस भन्ने हेतुले नीजि क्षेत्रबाट चितवनमै पहिलोपटक यो सेवा दिईएको उनले बताए । फ्रिजरको माथी पट्टी कांँचको सिसा भएको शबलाई सजिलै देखिन सकिने र गुडाउन समेत मिल्ने भएकाले यताउता लैजान सजिलो पनि छ । घरमै सेवा दिए पश्चात पुनः फ्रिजरको निर्मलीकरण गरिने र अन्य व्यक्तिलाई सेवा दिन सकिने रिमालले बताए । सेवाग्राहीलाई प्रतिदिन न्यूनतम शुल्क र विपन्न परिवारको लागि बिशेष छुट सहित सेवा दिइने रिमालको भनाई छ ।

हाल भारतबाट तीनवटा फ्रिजर ल्याईएको र आगामी दिनमा आवश्यक परे थप्दै लैजाने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

ट्रेन्डिङ

सबै

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.