• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, कार्तिक २९, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

जेनजी चितवन,भरतपुर-४ले निर्वाचन लक्षित जनचेतना कार्यक्रम सञ्चालन गर्ने

गोरखा केराबारी काठमाडौं सम्पर्क समाजको ऐतिहासिक निर्णय: उत्कृष्ट विद्यार्थीलाई सम्मान

चोरी र लुटपाट रोक्न छहारी टोलको सकृयता,लाठी र भाटा सहित रातभर गस्ती

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

लोकप्रिय समाचार

  • १. गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

  • २. मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

क्यान्सर पीडित पत्रकार बानियांँलाई समाजसेवी भट्टद्धारा सहयोग, थप सहयोगको लागि अपिल



  •   मङ्गलबार, फागुन १३, २०८१
  • A
  • A+
  • A++

ब्रेन क्यान्सर पीडित चितवनका पत्रकार संगिता बानियालाई उपचारको लागि समाजसेवी नन्दप्रसाद भट्टले आर्थिक सहयोग गर्नुभएको छ । आइतबार भरतपुर महानगरपालिका वडा नम्बर १६ स्थित बानियांँकै निवासमा पुगेर समाजसेवी भट्टले १२ हजार १५० रुपैंया सहयोग गर्नुभएको हो ।
नगद हस्तान्तरणपछि प्रतिक्रिया दिदैं सोही वडाका भट्टले उपचारका लागि बानियांँको आर्थिक अभाव भएको थाहा पाए संँगै सहयोग गर्न निवासमा पुगेको बताउनु भयो । ‘मैले आफ्नै वडामा पत्रकार बहिनीको उपचारको लागि आर्थिक संकलन भईरहेको थाहा पाएंँ, भट्टले भन्नुभयो , यो मेरो दायित्व र मानव धर्म पनि हो, अरुका लागि सहयोग गर्ने प्रेरणा होस भन्ने पनि हो ।’
२० बर्ष अघिदेखि विभिन्न संस्था, व्यक्ति तथा शिक्षा , स्वास्थ्य क्षेत्रमा आर्थिक सहयोग गर्दै आउनु भएका शिक्षा प्रेमी भट्टले आगामी दिनमा पनि पत्रकार बानियांँको लागि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘यो मेरो पहिलो चरणको सहयोग हो, भट्टले भन्नुभयो, अन्य देश , विदेशमा रहेका मनकारी मनलाई सहयोग गर्न समेत आग्रह गर्दछु ।’ सो क्रममा अनुरोध गर्दै क्यान्सर पीडित बानियांँले उपचारको लागि भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल जानुपर्ने भएकोले सहयोगको लागि अपिल गरेको बताउनु भयो । उहांँले सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्नुभयो । उहांँले प्रत्यक्ष भेटेर वा आफ्नै ग्लोबल आईएमईको खाता नम्बरमा डिपोजिट गर्न समेत अनुरोध गर्नुभयो ।
दुई बर्षअघिदेखि क्यान्सर रोग पीडित बानियांँलाई शुरुवातमा स्तन क्यान्सर देखिएको थियो । स्तन क्यान्सर पूर्णरुपमा निको भएपनि पुनः ब्रेनमा क्यान्सर देखिएको हो । बानियांँको उपचारमा यसअघि ४० लाख रुपैंया खर्च भईसकेको छ भने ब्रेन क्यान्सर उपचारमा थप ४० लाख लाग्ने चिकित्सकले बताएका छन ।
बानियांँको उपचारमा आर्थिक सहयोग संकलनका लागि सामाजिक अभियान्ता विदुर केसीको नेतृत्वमा ८ सदस्यीय अभियान समिति गठन भइसकेको छ ।नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्तराज पराजुलीको अध्यक्षतामा बसेको सर्वपक्षीय उपस्थितिमा ‘क्यान्सर पीडित पत्रकार संगीता बानिया सिलवाल बचाउ अभियान’ गठन गरेर आर्थिक संकलनलाई तीब्र पारिएको छ । बानियांँ लामो समयदेखि स्थानीय शिवशक्ति रेडियोमा कार्यरत हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

ट्रेन्डिङ

सबै

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.