• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असोज ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

लोकप्रिय समाचार

  • १. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • २. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ३. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ४. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

  • ८. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

व्यवसायसंँगै राजनीतिमा सक्रिय राजकुमार तरुणदल चितवनको अध्यक्षको तयारीमा



  •   शुक्रबार, फागुन २३, २०८१
  • A
  • A+
  • A++

फागुन २३, चितवन । गतिविधि निकै सुस्त देखिने नेपाली काँग्रेसका भात्रृ संगठनको गतिविधि भने चितवनमा हिजोआज निकै तातेको छ । अधिवेशन तोकिएसंँगै स्वतन्त्र विद्यार्थी युनियनको चुनावी सरगर्मी पनि देशभर बढिरहेको छ । तरुणदलको अधिवेशन पनि नजिकिदै गर्दा चुनावी माहोल पनि सृजना हुँदै गएको छ । काँग्रेसको भातृ संगठन तथा पार्टीको मेरुदण्ड मानिएको तरुणदलको जिल्ला नेतृत्वका झण्डै आधा दर्जन आकांक्षी देखिएका छन् । सबैको आ–आफ्नै दाबी र योजना छन् । आकांक्षी मध्येका र जिल्लाका युवा पुस्तामा प्रभावशाली एवं संभावना बोकेका नेता हुन् भरतपुर महानगरपालिका वडा नम्बर १७ का राजकुमार तामाङ्ग ।

झट्ट हेर्दा कुनै पहलमानी प्रतियोगिता विजेता जस्ता देखिने खाईलाग्दो शरीरका राजकुमारको बोलिचालीमा मिठास तथा स्वभाव मिलनसार भएकै कारण उनले प्रशंसक र शुभेच्छुक धेरै कमाएका छन । तामाङ्ग एक कुशल बक्सिङ्ग खेलाडी पनि हुन् । नेपाली कांग्रेसको पश्चिम चितवनको खम्बानै मानिने लामा इमान्दार र सहयोगी व्यक्तिको रुपमा पनि परिचित छन् । पारिवारिक पृष्ठभुमिनै नेपाली काँग्रेस उनी चितवनको लागि नयाँ व्यक्तित्व होइनन् । स्कुल , कलेज तह हुंदै कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिको उम्मेदवारी समेत दिएका थिए । उनी तरुणदलको आसन्न अधिवेशनमा अध्यक्ष पदका लागि बलियो दावेदारीका साथ होमिने तयारीमा छन्।

गत निर्वाचनमा वडा नम्बर १७ कै जनप्रतिनिधि निर्वाचित उनमा चितवनका युवाहरुको आशा र भरोसा देखिन्छ । ‘मलाई कसैको सहयोग गर्न कुनै पार्टी धर्म वर्ग चाहिंँदैन म जुनसुकै बेला पनि सहयोग गर्न तयार हुन्छु । गर्नु पनि पर्छ हामी समाज सेवामा लाग्नेहरूले । मेरो अनुभवले पनि यही भन्छ । ’ उनी आत्मविश्वास व्यक्त गर्छन ।

पश्चिम चितवनको मझुवा सामुदायिक वनका दुई पटक अध्यक्ष बनेका उनी आफ्नै वडामा सक्रिय युवा पात्र पनि मानिन्छन् । स्कुले जीवनदेखिनै काँग्रेसको चारतारे झण्डा र रुख चुनाव चिन्हसंग घनिष्ट मित्रता गांँसेका उनी पार्टीलाई पर्दा पहरेदार र पहाड जस्तो उभिने क्षमता राख्छन । ‘मैले पार्टीलाई पर्दा जतिबेला र जस्तोसुकै परिस्थितिमा अगाडि बढ्न तयार छु, पार्टी मेरो रगत हो पार्टी मेरो भविष्य पनि हो ।’ उनमा पार्टीप्रति समर्पण सजिलै देखिन्छ ।

हिम्मत निडर, इमान्दारिताको पर्यायवाची तामाङ्ग सबैसंँग घुलमिल हुने युवा नेता हुन् । ‘म पार्टीका सबै तह तप्काको नेताहरुलाई सम्मान र आदर गर्दै आएको छु, उनी भन्छन, युवाहरुलाई पनि उत्तिकै माया र सद्भाव राख्ने मेरो बिशेषता हो ।’ तरुणदललाई सक्रिय बनाउन, चलायमान बनाउन निकैनै मेहनत गर्ने उनी चितवनका पार्टीका नेताको आंँखामा पर्न सफल भएका युवा नेताको रुपमा स्थापित छन । त्यसैले पार्टीको जुनसकै कार्यक्रम तथा अभियान होस उनी हाजिर भईहाल्छन ।

नेपाल तरुण दलको केन्द्रिय अध्यक्ष विद्धान गुरुङ्गको निर्देशनमा हाल तरुणदलको नवीकरण र सदस्य विस्तारमा चितवनका सबै स्थानीय तह देखि वडा तहसम्म तल्लिन छन । ‘म अहिले तरुणदलको सदस्यता विस्तार र नवीकरणमा व्यस्त छु , उनी भन्छन , यस काममा पार्टीले दिएको विश्वासलाई गुम्न दिन्न ।’ कुनैपनि अध्यक्ष पदको आकांक्षीलाई प्रतिस्पर्धी नभई सहयात्रीको रुपमा लिन्छन उनी । ‘अहिलेसम्म मेरो प्रतिस्पर्धी , विरोधी, र दुश्मनी छैन, सबैलाई म मेरो सहयात्रीको रुपमा लिएको छु ’ उनी भन्छन । उनी चितवनको राजनीतिमा मात्र सक्रिय छैनन समाजसेवामा पनि उक्तिकै दिलचस्पी राख्छन । ‘मैले राजनीतिलाई पेशाको रुपमा होइन सेवाको रुपमा लिएको छु । म राजनीतिमार्फत समाजसेवा गर्न चाहन्छु ।’ उनको अठोट छ । त्यसो त उनी चाहे भुकम्प होस, बाढीहोस या कुनै घटना उत्तिखेरै सहयोगका लागि तत्पर हुन्छन । ‘म युवा राजनीति गरेर कति सहयोग गरें, कति गरीबको मलम पट्टी लगाएंँ हेक्कानै छैन । मैले यसको हिसाब किताव गर्ने बानी पनि छैन ।’ उनमा निश्वार्थ भाव झल्किन्छ । भरतपुरमा आफ्नो उद्यम व्यवसायलाई पनि संँगै अघि बढाएका उनले दर्जनौलाई रोजगारी समेत प्रदान गरेका छन ।

युवाको भविष्यको चिन्ता र चासो लिने उनी युवालाई शिक्षा संँगै रोजगारी , उत्पादनशील र सिर्जनशील काम दिनुपर्नेमा जोड दिन्छन । तरुणदलमा अध्यक्ष भएर संगठन सुदृढीकरण गर्ने, गतिशिल बनाउने,संगठन विस्तार गर्ने भाईचारा भातृत्व विकास गर्ने र नेतृत्व र क्षमता अभिवृद्धि गर्ने उनको धोको छ । ‘बर्षौसम्म तरुणदलको अधिवेशन अनिर्णयको बन्दी भईरहेका बेला उनको आगमनले तरुणदल चितवनमा नयाँ परिवर्तन आउला भन्ने आशा गर्न सकिन्छ । ’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

ट्रेन्डिङ

सबै

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.