• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

पुष्पाञ्जली अस्पतालमा आरोग्य प्याकेज ः रु १५०० मै ल्याबसहित स्वास्थ्य परीक्षण



  •   बुधबार, बैशाख ०३, २०८२
  • A
  • A+
  • A++

बैशाख ३, चितवन । गुणस्तरीय स्वास्थ्य सेवाको लागि परिचित
भरतपुर १० स्थित पुष्पाञ्जली अस्पतालले विरामी तथा सेवाग्राहीलाई लक्षित गर्दै आरोग्य प्याकेज घोषणा गरेको छ । अस्पताल १७ बर्ष पुगेको अवसर पारेर एक कार्यक्रमका बीच प्याकेज ए, प्याकेज बी, प्याकेज सी सुविधाको घोषणा गरेको हो । जसअनुसार प्याकेज ए अन्तर्गत र्याण्डम ब्लड सुगर, क्रिटिनाइन , लिपीड प्रोफाइल, इसिजी , युरिन रुटिन र चिकित्सक परामर्श हुनेछ ।

प्याकेज बी अन्तर्गत युएसजी एबीडी, एण्ड पेल्भिस, टीएसएच, सिबीसी समेतका परीक्षण हुनेछ र प्याकेज सी अन्तर्गत एसजीपीटी, एसजीओटी, एचबीएवनसी, पीएफटी र छातीको एक्सरे सुविधा रहेको अस्पतालका प्रबन्ध निर्देशक सुजन अधिकारीले जानकारी दिनुभयो । प्याकेज ए का लागि रु १ हजार पांँचसय, प्याकेज बी का लागि ३००० रुपैंया र प्याकेज सी का लागि ६००० रुपैंया कायम गरिएको छ ।

गत बर्षदेखि नयांँ भवनमा सरेको पुष्पाञ्जली अस्पतालले अत्यधुनिक अपरेसन थेटर, आइसीयु , ल्याब सुविधा , न्युरो सर्जन सुविधा सहित डेड बडी फ्रिजरको समेत सुविधा दिन सक्षम रहेको प्रबन्ध निर्देशक अधिकारीले बताउनु भयो । यो प्याकेज सुविधा लिन छुट सम्झौता भएका संस्थाका सदस्यहरु र आम नागरिकको हकमा आफ्नो जन्मदिन खुल्ने कागजपत्र हुनुपर्नेछ ।

अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले नयांँ बर्ष संँगै अस्पताल १७ बर्ष पुगेको अवसरमा सय बेड सहित सबै भौतिक संरचना सहित प्रविधियुक्त भएको जानकारी दिनुभयो । चितवनमै दक्ष न्युरोलोजिष्ट सहित अस्पतालले न्यूरो सर्जन सेवा शुरु गरिएको डा. अधिकारीले बताउनु भयो । दक्ष चिकित्सक, अत्यधुनिक प्रविधि तथा सम्पुर्ण सेवा सहित पुष्पाञ्जली अस्पताल चितवनको नमुना अस्पताल भएको डा. अधिकारीको भनाई छ । जनतासंँग अस्पताल कार्यक्रम अन्तर्गत हालसम्म ४०० सय भन्दा बढी ठाउंँमा स्वास्थ्य शिविरको आयोजना गरिसकिएको अस्पतालले जनाएको छ ।

अस्पतालका सामाजिक एकाई प्रमुख केदार सुबेदीले अस्पतालले एकबर्षम गरेका शिविर तथा अन्य संस्थासंँग गरिएका सम्झौताका बारेमा जानकारी दिनु भएको थियो ।
अस्पतालका नवनियुक्त न्युरो सर्जन डा. कुमार पौडलले न्युरो सम्बन्धि उपचारका लागि काठमाडौं जाने बाध्यता हटाउने बताउनु भयो । पुष्पाञ्जली अस्पताल जस्तो राम्रो टीमसंँग काम गर्न पाउंँदा खुशी लागेको बताउंँदै उहांँले गुणस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा अस्पतालका सल्लाहाकार संयोजक एवं शिक्षा विद चिरञ्जीवी श्रेष्ठ, सल्लाहकार सदस्य लक्ष्मण अर्यालले अस्पतालको टीमले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रम अस्पतालका अध्यक्ष चेतनाथ वाग्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.