• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

स्काइवेल खरीद गर्ने दम्पतीलाई युरोप भ्रमणको सुविधा



  •   सोमबार, बैशाख २२, २०८२
  • A
  • A+
  • A++

बैशाख २२, चितवन । चितवनमा लक्जरी आरामदायी इभी एसयुभी स्काइवेल गाडीको बिक्री शुरु गरिएको छ । भरतपुर महानगरपलिका वडा नम्बर १० स्थित रिजालचोकको एचथ्रीआर मोटर्सले आधिकारिक रुपमा स्काइवेल एसयुभीको बिक्री शुभारम्भ गरेको हो । विगत ८ बर्षदेखि नेपालमा विभिन्न ब्राण्डका सवारी साधन बिक्री गर्दै आएको जी मोटर्स प्रालिले पहिलो पटक चितवनका लागि आधिकारिक बितरकको रुपमा एचथ्रीआर मोर्टसबाट बिक्री शुभारम्भ गरेको जानकारी दिएको छ ।

एचथ्रीआर मोटर्सका अध्यक्ष इञ्जिनियर हरि भण्डारीले नेपालमा इभी गाडीको भविष्य रहेको र इभीमा ग्राहकको आर्कषण बढेकोले चितवनबाट बिक्री शुरु गरिएको जानकारी दिए । ‘नेपाल विद्युतीय सवारीको लागि उपयुक्त ठाउंँ हो, भण्डारीले भने, अब हाम्रो जलश्रोत र विजुलीको उपयोग बढाउन र पेट्रोलियम पदार्थको आयात घटाउन पनि विद्युतीय गाडी प्रयोग गर्न जरुरी छ ।’ स्काइवेल सबैभन्दा बढी रेञ्ज दिने र रियल एसयुभी भएकोले पनि यो कम्पनीको गाडी बिक्री शुरु गरिएको उनको भनाई छ ।

कम्पनीका प्रबन्ध निर्देशक दिनबन्धु चापागाईले स्काइवेल ग्लोबल बा्रण्ड भएको र नेपालमा पनि अत्यधिक रुचाईएकोले चितवनबाट पहिलोपटक बिक्री शुभारम्भ गरिएको बताए । ‘स्काइवेल रियल लक्जरी एसयुुभी गाडी हो, प्रबन्ध निर्देशक चापागाईंले भने, यसको हाई रेञ्ज, ग्राउण्ड क्लियरेन्स र अफरोड र प्रिमियम स्पेस भएकोले माग र बिक्री पनि राम्रो भएको पायौं ।’ यस शोरुमबाट सेल्स सर्भिस र पार्टस सहितको सुविधा दिइने उनले बताए ।

जी मोटर्स प्रालीका निर्देशक कैलाशबाबु गेलालले स्काईवेलको प्रिमियम एवं नेपाल मै सबैभन्दा धेरै रेन्ज दिने अर्थात सिंगल चार्जमा ६२० किमी सम्मको दूरी तय गर्ने र हाई ग्राउण्ड क्लियरेन्स भएको ‘चिनियाँ स्काईवेल एसयुभी इटी ५’ लगायत तीनवटा भेरियण्ट गाडीको चितवनबाट पनि बिक्री शुरु गरिएको बताए। उक्त ईभी एसयुभीमा १५० किलोवाट आवरको ब्याट्री प्याकले ग्राहकलाई सोचे भन्दा आरामदायी यात्रा तय गराउने प्रबन्ध निर्देशक गेलालको भनाई छ । यस्तै उनले ४१० किलोमिटर रेञ्ज दिने गाडीको मुल्य ७९ लाख ९० हजार, ५२० किमी रेञ्ज भएको गाडीको मुल्य ८९ लाख ९० हजार, ६२० किमी रेञ्ज भएको गाडीको १ करोड १५ लाख मुल्य पर्ने जानकारी दिए । ग्राहकले यो गाडी खरीद गर्दा ब्याट्रीमा ८ बर्ष वारेन्टी र २ लाख किलोमिटरको वारेन्टी पाउनेछन ।

उनका अनुसार नयांँ बर्षको अवसरमा स्काइवेल खरीद गर्ने ग्राहक दम्पत्तीलाई युरोप टुरको व्यवस्था गरिएको छ । यस्तै एकबर्षको सडक कर, बीमा , एक्सचेन्ज सुबिधामा आकर्षक बोनस र बिशेष छुट सुविधा समेत रहेको उनले बताए । स्काइवेलका विद्युतीय सवारी जर्मनी पोल्याण्ड, इजरायल्, टर्की र रसिया लगायत ६५ वटा भन्दा बढी देशमा बिक्री हुँदै आएको छ । यसैबीच शोरुमले आजनै एकवटा स्काइवेल गाडी बिक्री भईसकेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.