Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, चैत १९, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

मानव बेचविखन न्यूनीकरणमा थ्रि एन्जल्स नेपाल

हेटौंडा रबर उद्योग लिमिटेडको पहिलो साधारणसभा सम्पन्न, आईपीओ जारी गर्ने निर्णय !

टाटा पेन्ट्सको ब्रान्ड एम्बेसडरमा नायिका सृष्टी खड्का नियुक्त

श्री शिखर सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व,अध्यक्षमा सन्देश घलान सर्वसम्मत चयन

लोकप्रिय समाचार

  • १. निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

चितवनका प्राडा विश्वनाथ पौडेल गभर्नर नियुक्त

  •   बुधबार, जेठ ०७, २०८२
  • A
  • A+
  • A++

भरतपुर । चितवन रत्ननगरका प्राडा विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका छन् । सत्तारुढ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको सहमतिले चितवन रत्ननगरका पौडेलले गभर्नर हुने अवसर पाएका हुन् । पौडेल यसअघि सिफारिस समितिमा थिए । उनले समितिबाट राजीनामा दिएपछि गभर्नर बन्ने ढोका खुलेको हो ।

पौडेल अर्थशास्त्री हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २०७८ सालमा पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए । पौडेल देउवाका विश्वासपात्र मानिन्छन् । सो समयमा पौडेलले चितवन क्षेत्र नं १ मा धेरै बजेट ल्याउन सफल भएका थिए । पौडेलले अर्थतन्त्रका विविध विषयमा जर्नलहरु समेत लेखेका छन् ।

लामो समयको रस्साकस्सीपछि पौडेल गभर्नर नियुक्त भएका हुन् । उनको नामलाई सिफारिस गर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि सहमत भएका थिए । पौडेल नेपालका आर्थिक इतिहासबारे जानकार मानिन्छन् । समग्र चितवनको विकासमा पौडेलले गरेको योगदानको उच्च मूल्याङ्कन हुँदै आएको छ ।

अर्थशास्त्रमा विद्यावारिधि गरेका पौडेललाई अर्थशास्त्र, समाज र इतिहासका अध्येता मानिन्छ । अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका पौडेल गभर्नर नियुक्त भएसँगै चितवनवासीले खुसी प्रकट गरेका छन् । विभिन्न क्षेत्रमा अर्थशास्त्रीको रुपमा काम गरेका पौडेलले केही समय सानिमा बैंकको निर्देशकका रुपमा समेत काम गरेका थिए ।

यसअघिको निर्वाचनमा पौडेल चितवन क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट उमेदवार बनेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पौडेल पराजित भएका थिए । ढकालले कांग्रेसका प्राडा पौडेललाई र नेकपा एमालेका सुरेन्द्र पाण्डेलाई पराजित गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

ट्रेन्डिङ

सबै

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.