• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असोज १९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

लोकप्रिय समाचार

  • १. परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

  • २. धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

  • ३. कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सरकारले चितवनका ७ पालिकालाई दियो ५ अर्ब १ करोड अनुदान, भरतपुरले पायो २ अर्ब ३६ लाख



  •   सोमबार, जेठ १९, २०८२
  • A
  • A+
  • A++

चितवन, जेठ १९- संघीय सरकारले आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि चितवनका ७ वटा स्थानीय तहलाई ५ अर्ब एक करोड १८ लाख रुपैयाँ अनुदान दिएको छ ।

अर्थ मन्त्रालयले अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत प्रदेश र स्थानीय सरकारलाई दिने अनुदान रकम बाँडफाड गरेको छ । जस अनुसार चितवनका स्थानीय तहले ५ अर्ब बजेट पाउँदा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाले २ अर्ब ३६ लाख अनुदान पाएको छ । महानगरका उपनिर्देशक जगन्नाथ पौडेलले समानीकरण, सशर्त, विशेष र समपुरक गरी २ अर्ब ३६ लाख रुपैयाँ अनुदान पाएको जानकारी दिए ।

भरतपुर महानगरले समानीकरण अनुदानतर्फ ४० करोड ८३ लाख, सशर्त अनुदानतर्फ एक अर्ब ५७ करोड ४५ लाख, विशेष अनुदानतर्फ १ करोड ४३ लाख र समपुरक अनुदानतर्फ ६५ लाख रुपैयाँ अनुदान पाएको छ ।

यसैगरि रत्ननगर नगरपालिकाले कुल ५८ करोड ८२ लाख रुपैयाँ अनुदान पाएको छ । रत्ननगरले समानीकरण अनुदानतर्फ १७ करोड ८९ लाख, सशर्त अनुदानतर्फ ३९ करोड ७० लाख, विशेष अनुदानतर्फ ६८ लाख र समपुरक अनुदानतर्फ ५५ लाख रुपैयाँ अनुदान पाएको छ ।

त्यस्तै राप्ती नगरपालिकाले ५४ करोड अनुदान पाएको छ । राप्तीले समानीकरण अनुदानतर्फ १६ करोड ५० लाख, सशर्त अनुदानतर्फ ३४ करोड ७८ लाख, विशेष अनुदानतर्फ २ करोड १५ लाख र समपुरक अनुदानतर्फ ८७ लाख रुपैयाँ अनुदान पाएको छ ।

यस्तै पूर्वीचितवनकै खैरहनी नगरपालिकाले ५० करोड ३२ लाख अनुदान पाएको छ । खैरहनीले समानीकरण अनुदानतर्फ १५ करोड ५४ लाख, सशर्त अनुदानतर्फ २६ करोड ४४ लाख, विशेष अनुदानतर्फ ५ करोड १० लाख र समपुरक अनुदानतर्फ ३ करोड २४ लाख रुपैयाँ अनुदान पाएको छ ।

त्यस्तै माडी नगरपालिकाले ४७ करोड ७४ लाख रुपैयाँ अनुदान पाएको छ । माडीले समानीकरण अनुदानतर्फ १२ करोड ८३ लाख, सशर्त अनुदानतर्फ ३२ करोड ११ लाख, विशेष अनुदानतर्फ १ करोड ९० लाख र समपुरक अनुदानतर्फ ९० लाख रुपैयाँ अनुदान पाएको छ ।
नगरपालिका मध्ये सबैभन्दा कम कालिका नगरपालिकाले ४३ करोड एक लाख रुपैयाँ अनुदान पाएको छ । कालिकाले समानीकरण अनुदानतर्फ १३ करोड ८५ लाख, सशर्त अनुदानतर्फ २५ करोड ५८ लाख, विशेष अनुदानतर्फ २ करोड ८५ लाख र समपुरक अनुदानतर्फ ७३ लाख रुपैयाँ अनुदान पाएको छ ।

चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाले ४६ करोड ६३ लाख रुपैयाँ अनुदान पाएको छ । इच्छाकामनाले समानीकरण अनुदानतर्फ १० करोड १८ लाख, सशर्त अनुदानतर्फ ३४ करोड ९७ लाख, विशेष अनुदानतर्फ ६८ र समपुरक अनुदानतर्फ ८० लाख रुपैयाँ अनुदान पाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

ट्रेन्डिङ

सबै

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.