• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, जेठ २३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

  • १. दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

  • २. माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

  • ३. गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

  • ४. देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

  • ५. भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

  • ६. रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

रत्ननगरको नेपाल नमूना मावीमा बुद्धिराज सुवेदी सहित पाँचविरुद्ध भ्रष्टाचारको मुद्दा

  •   आइतबार, जेठ २५, २०८२
  • A
  • A+
  • A++

रत्ननगर,जेठ २५- 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रत्ननगरको नेपाल नमूना माध्यमिक विद्यालयमा भएको अनियमित नियुक्ति प्रकरणमा प्रधानाध्यापक बुद्धिराज सुवेदी सहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष तिलकराज शर्मा पौडेल, सदस्यहरू लेखनाथ आचार्य, मेनुका लम्साल, शिक्षक प्रतिनिधि दिपक चन्द्र शर्मा र प्रधानाध्यापक बुद्धिराज सुवेदीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिम कसुरमा कारबाही माग गरिएको छ ।

आयोगको अनुसन्धानका अनुसार, विद्यालय व्यवस्थापन समितिले २०५५ मा शिक्षक विजया सुवेदीलाई करारमा नियुक्ति गरेको थियो। तर, २०७८ भदौ ७ गते बसेको बैठकले आफूमा नभएको अधिकार प्रयोग गरी शिक्षक तथा कर्मचारी समायोजन र व्यवस्थापन विनियम बनाई विजया सुवेदीलाई २०७८ साउन १ गते देखि निम्न माध्यमिक तृतीय श्रेणी सरहको सेवा-सुविधासहित स्थायी नियुक्ति दिने निर्णय गरेको थियो। साथै, कर्मचारी सञ्चय कोष कट्टा गर्ने व्यवस्था समेत गरिएको थियो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको रायअनुसार, सामुदायिक विद्यालयको व्यवस्थापन समितिलाई यस्तो दीर्घकालीन आर्थिक दायित्व सिर्जना गर्ने नियुक्तिको अधिकार नभएको पुष्टि भएको छ। विजया सुवेदी, जो तत्कालीन अध्यक्ष तिलकराज शर्मा पौडेलकी छोरी र प्रधानाध्यापक बुद्धिराज सुवेदीकी श्रीमती हुन्, उनि माथि आफ्नो प्रभाव प्रयोग गरी गैरकानुनी लाभ लिएको आरोप छ। उनलाई भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिम मतियारको कसुरमा मुख्य कसुरदार सरह सजाय माग गरिएको छ।

आयोगले उक्त प्रकरणमा संलग्न सबै पक्षविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। यो घटनाले सामुदायिक विद्यालयमा नियुक्ति प्रक्रियामा पारदर्शिता र कानुनी शासनको आवश्यकता पुनः उजागर गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.