• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ४. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ५. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ६. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ७. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • १०. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

नेपाली खेलकुदमा तरंग ल्याउने प्रधानमन्त्री र सरोकारवालाबीचको भेट



  •   बुधबार, साउन १४, २०८२
  • A
  • A+
  • A++

१३ साउन, काठमाडौं । नेपाली खेलकुदमा पछिल्लो समय देखिँदै आएको विवाद प्रधानमन्त्रीसम्मै पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली खेलकुदका स्टेकहोल्डरबीच भएको पछिल्लो भेटघाटले नेपाली खेलकुदमा नयाँ तरंग पैदा गरेको छ ।

विवाद, अदालती मुद्दा मामला नेपाली खेलकुदमा खासै नौलो विषय होइन । नेपाली खेलकुदमा अहिले विवाद नभएको कुनै पनि क्षेत्र, संघ/संस्था सायदै होला ।१३ साउन, काठमाडौं । नेपाली खेलकुदमा पछिल्लो समय देखिँदै आएको विवाद प्रधानमन्त्रीसम्मै पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली खेलकुदका स्टेकहोल्डरबीच भएको पछिल्लो भेटघाटले नेपाली खेलकुदमा नयाँ तरंग पैदा गरेको छ ।

विवाद, अदालती मुद्दा मामला नेपाली खेलकुदमा खासै नौलो विषय होइन । नेपाली खेलकुदमा अहिले विवाद नभएको कुनै पनि क्षेत्र, संघ/संस्था सायदै होला ।तर नेपाल ओलम्पिक कमिटी (एनओसी) मा देखिएको विवादको विषय प्रधामन्त्रीसम्मै पुगेपछि अब यो विषयले कस्तो मोड लेला भन्ने चासो बढेको छ ।

युवा तथा खेलकुद मन्त्री, २२ वटा खेल संघले प्रधानमन्त्री ओलीसँग आइतबार राति भेट गर्दै नेपाली खेलकुद र नेपाल ओलम्पिक कमिटीको विषयमा छलफल गरेका थिए ।त्यसबाहेक पनि युवा तथा खेलकुद मन्त्री मन्त्रालयका सचिवहरु, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष सदस्य सचिव र बोर्ड सदस्यहरुले पनि प्रधानमन्त्रीसँग भेट गरेका थिए ।

प्रधानमन्त्री आफैं राष्ट्रिय खेलकुद परिषदको संरक्षक भएको नाताले नेपाली खेलकुदका स्टेकहोल्डरले भेट गर्नु सामान्य नै हो । तर पछिल्लो समय नेपाली खेलकुदमा देखिएको विवाद, २०औं एसियन गेम्सको सहभागिता, दशौँ राष्ट्रिय खेलकुद आयोजना लगायत महत्वपूर्ण विषयलाई लिएर भएको यो भेटघाट फरक किसिमको छ ।

त्यसमा पनि नेपाल ओलम्पिक कमिटी (एनओसी) को विषय सबैभन्दा ‘हटकेक’ बनेको छ । नेपाल ओलम्पिक कमिटीले गत पुषमा भर्चुअल मार्फत निर्वाचन गरेर जीवनरामलाई तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए । तर नेपाल सरकारयुवा तथा खेलकुद मन्त्रालयले त्यो निर्वाचनलाई मान्यता दिएको छैन र वर्तमान ओलम्पिक कमिटीको कार्यसमिति अवैध रहेको बताएको छ ।

यसै सन्दर्भमा २२ खेल संघका पदाधिकारीले खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । उनीहरुले वर्तमान ओलम्पिक कमिटीलाई विगठन गरेर ओलम्पिकमा देखिएको विवाद र समस्या हल गर्न सरकारसँग माग गरेका थिए ।

‘ओलम्पिक कमिटीमा आबद्ध २२ वटा संघले केही समयअघि हामी पूर्ण रुपमा बहुमतमा छौँ दुई तिहाई बहुमत छ भन्दै मन्त्रालयमा निवेदन दिएका थिए । त्यसमा ओलम्पिक कमिटीको विषयमा भएका कमजोरीहरु सबै समावेश गरेर मैले सम्माननिय प्रधानमन्त्रीलाई सबै कुरा राखेर फाइल बुझाएको थिएँ । त्यसैको आधारमा यो छलफल तय भएको हो’ मन्त्री चौधरीले भने ।

२२ वटा संघसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले ओलम्पिक कमिटीको विषयमा पनि विभिन्न खालको निर्देशन दिएका थिए । त्यस मध्ये ओलीले ओलम्पिक कमिटी नै नयाँ दर्ता गर्नुस् भनेर निर्देशन दिएका समेत खबर सार्वजनिक भएको छ ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रधानमन्त्रीसँगको भेटघाटमा ओलम्पिक कमिटीको विवाद देखि विविध विषयमा छलफल भएको स्वीकार गरे । तर नेपाली खेलकुदका ठूला स्टेकहोल्डरहरुदेखि प्रधानमन्त्रीसम्म भएको यी महत्वपूर्ण भेटघाटको कुनै पनि निकायबाट आधिकारिक रुपमा केही जानकारी सार्वजनिक भएको छैन ।

‘२२ वटा संघ र हामी प्रधानमन्त्रीसँग आइतबार राती छलफलमा बसेका थियौँ । त्यसमा खेल संघहरुले ओलम्पिक कमिटीको विषयमा व्यापक कुरा उठाउनुभयो’ मन्त्री चौधरीले भने, ‘बैठकमा संघको पदाधिकारीहरु मात्र बसेका थिए । करिब डेढ घण्टा छलफल भयो । व्यापक छलफल भयो । ४-५ जना पदाधिकारीले आफ्नो कुरा राख्नुभयो । त्यसपछि सम्माननिय प्रधानमन्त्रीज्यू बोल्नुभयो।’

प्रधानमन्त्रीले ओलाम्पिक कमिटीको विषयमा विभिन्न निर्देशहरु दिएको मन्त्री चौधरीले जानकारी दिएपनि के के निर्देशन छ भन्ने कुरा उनले भनेनन् । मन्त्रालयले पत्रकार सम्मेन नै गरेर यस विषयमा छिटै जानकारी सार्वजनिक गर्ने मन्त्री चौधरीले बताए । ‘हामी पत्रकार सम्मेलन नै गरेर सबै जानकारी सार्वजनिक गर्नेछौँ ।’

युवा तथा खेलकुद मन्त्री चौधरीले पछि सार्वजनिक गर्ने भनेपछि उक्त छलफलमा सहभागी भएकाहरुले भने प्रधानमन्त्रीले ‘ओलम्पिकको विषयमा तपाईँहरु निर्णय गर्नु त्यसमा मेरो साथ हुन्छ’ भनेर भनेको जानकारी दिए ।

‘ओलम्पिक कमिटीको विषयमा प्रधानमन्त्रीले चासो दिनुभएको हो । संघहरुले आफ्नो काम आफैँ गर्ने हो भन्नुभयो । तपाईँहरु अघि बढ्नुहोस् त्यसमा मेरो साथ छ भनेर भन्नुभयो’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक सहभागीले भने, ‘अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) लाई विश्वासमा लिएर काम गर्नुस् । सरकारले पनि आवश्यक सहयोग गर्छ भन्नुभयो ।’

यो घटनाक्रममले नेपाली खेलकुदमा फेरि अर्को ट्विस्ट थपिएको छ र यसले कस्तो मोड लिन्छ हेर्न बाँकी छ । युवा तथा खेलकुद मन्त्री चौधरीले भने जस्तै ओलम्पिक कमिटीको विषयमा प्रधानमन्त्रीले दिएको निर्देशन सार्वजनिक भएमा भने र त्यो निर्देशन लागु भएमा नेपाली खेलकुद अझ अर्को मोडमा पुग्नेछ ।

मैदानभित्र भन्दा मैदान बाहिर हिट रहेको नेपाली खेलकुदमा यस किसिमको भेटघाटबाट उत्पन्न हुने नयाँ नयाँ ट्विस्ट र मोडले भने खेलाडीलाई सधा ओझेलमा पार्ने काम गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

ट्रेन्डिङ

सबै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.