Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, फागुन २२, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

मानव बेचविखन न्यूनीकरणमा थ्रि एन्जल्स नेपाल

हेटौंडा रबर उद्योग लिमिटेडको पहिलो साधारणसभा सम्पन्न, आईपीओ जारी गर्ने निर्णय !

टाटा पेन्ट्सको ब्रान्ड एम्बेसडरमा नायिका सृष्टी खड्का नियुक्त

श्री शिखर सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व,अध्यक्षमा सन्देश घलान सर्वसम्मत चयन

भरतपुरमा माघ १९ गते देखि सातौं अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता हुने

नारायणी एक्सपो २०८२ मा सुनिल पण्डित, रेजिना बिसी र यश कुमारको प्रस्तुति रहने

लोकप्रिय समाचार

एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालको महत्वाकांक्षी लक्ष्य



  •   बिहिबार, साउन १५, २०८२
  • A
  • A+
  • A++

१५ साउन, काठमाडौं । बंगलादेशमा केही दिनअघि सम्पन्न भएको साफ यू-२० महिला च्याम्पियनसिपमा उपविजेता बनेर फर्किएको नेपाली यू-२० महिला राष्ट्रिय फुटबल टोली नयाँ यात्रामा निस्कँदैछ ।

नेपाली जुनियर महिला टोली एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न भुटान जाँदैछ । छनोट अगष्ट ६ देखि १० सम्म (साउन २१-२५) हुँदैछ ।प्रतियोगिता खेल्न जाने नेपाली टोलीको बुधबार बिदाइ पनि गरिएको छ ।

लगातार प्रतियोगिता, विश्व विजेता प्रतिद्वन्द्वी अनि महत्वाकांक्षी लक्ष्य । अहिले नेपाली यू-२० महिला फुटबल टोलीको हकमा यसो भन्दा कुनै फरक पर्दैन ।

दक्षिण एसियाली स्तरमा खेलेर फर्केको दुई साता पनि नबित्दै नेपालले अर्को महत्वपूर्ण छनोट प्रतियोगिता खेल्नैछ । जहाँ नेपालले खेल्ने प्रतिस्पर्धी चानचुने नभएर यो उमेर समूहमा एसिया र विश्वकप विजेता छ ।

एएफसी यू-२० महिला एसियन कप छनोटमा समूह ए मा रहेको नेपालले उत्तर कवरिया आयोजक भुटान र साउदी अरेबियासँग खेल्नेछ । यस समूहमा सुरुमा मंगोलिया पनि समावेश थियो । तर नाम फिर्ता लिएपछि चार राष्ट्र मात्र रहेको छ ।

उत्तर कोरिया एएफसी यू२० महिला एसियन कप र फिफा यू२० महिला विश्वकपको साविक विजेता टिम हो । सन् २०२४ मा उसले दुवै उपाधि जितेको थियो ।

विश्व च्याम्पियन नै रहेको समूहबाट नेपालले समूह विजेता बन्दै अर्को वर्ष हुने एएफसी यू-२० महिला एसियन कपमै छनोट हुने महत्वाकांक्षी लक्ष्य राखेको हो ।

खेलमा हार जित स्वभाविक नै हुन्छ । लक्ष्य सबैको जित्ने नै हुन्छ । तर आफ्नो स्तर, तयारी, प्रशिक्षणको आधारमा पनि कस्तो नतिजा आउँछ अनुमान लगाउन सकिन्छ ।
तर नेपालले भने यस पटक ठूलै लक्ष्य राखेको छ ।

नेपालले अगष्ट ६ मा भुटानसँग पहिलो खेल खेल्दै यात्रा थाल्नेछ । यस्तै अगष्ट ८ मा साउदी अरेबियासँग खेल्नेछ भने अन्तिम खेल खगष्ट १० मा उत्तर कोरियाको सामना गर्नेछ ।

डार्क हर्स नेपाल

नेपाली महिला यू-२० टोलीका मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले नेपाललाई यस पटक ‘डार्क हर्स’को रुपमा वर्णन गरे । ‘उनीहरू उत्तर कोरिया पनि ११ जना । हामी पनि ११ जना । हामी डार्क हर्स नै हो । अँध्यारोमा कुद्ने मान्छेहरू हो हामी’ गुरुङले बुधबार आयोजित बिदाई कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग भने, ‘उनीहरू एएफसी च्याम्पियन भनेर ध्यान दिएका छैनौं । उनीहरू हामीसँग कन्सियस हुनुपर्नेछ । त्यो अनुसार म गेम खेलाउनेछु।’ उत्तर कोरियासँग खेल्ने विषयमा सोध्दा गुरुङले यसो भनेका हुन् ।

उत्तर कोरियासँग कसरी ट्याकल गर्ने भन्ने प्रश्नमा गुरुङको जवाफ छ, ‘हामीले डिफेन्सिभ लाइनमा ध्यान दिनुपर्छ । डिफेन्समा म्यानपारवर बढाउँछु । मिडफिल्डलाई काउन्टर अट्याकमा ध्यान दिएर खेल्छौं ।’

उत्तर कोरिया नेपाल रहेको समूहमा सबैभन्दा बलियो टोली नै हो । त्यसमा कुनै शंका छैन । आयोजक भुटानलाई नेपालले साफ यू-२० च्याम्पियनसिपमै दुवै खेलमा आरामले हराएकोले त्यसमा नेपाल ढुक्क छ । साउदी अरेबिया तुलनात्मक रुपमा कमजोर टिम रहेकोले त्यसमा नेपाल चिन्तित छैन ।

नेपालको लागि मुख्य चासो चिन्त महत्वपूर्ण जे जे भनेपनि उत्तर कोरिया नै हुनेछ । समूह विजेता बन्ने टोली सिधै यू-२० महिला एसियन कपमा छनोट हुने व्यवस्था छ । त्यसैले उत्तर कोरियासँगै नेपालको नजर पनि त्यसैमा हुनेछ ।

यद्यपी समूह विजेता बन्न नसके उत्कृष्ट उपविजेता हुँदै छनोट हुने विकल्प पनि छ ।तर ८ समूहको समूह विजेता सिधै छनोट हुँदा उपविजेता हुने ८ मध्ये उत्कृष्ट ३ टिम मात्र छनोट हुनेछ । त्यसैले सकेसम्म सबै टिम समूह विजेता नै बन्न चाहन्छन् ।

नेपालको पनि लक्ष्य त्यही नै हो । ‘लक्ष्य छनोट हुने नै हो । दुई खेल जितेर उत्तर कवरियालाई बराबरीमा रोक्ने हो’ नेपालको लक्ष्यबारे मुख्य प्रशिक्षक गुरुङले भने ।

छनोटबाट ८ समूह विजेता र ३ उत्कृष्ट उपविजेता गरी ११ टिमले अर्को वर्ष थाइल्याण्डमा हुने यू२० महिला एसियन कपमा स्थान बनाउनेछन् । आयोजकको हैसियतले थाइल्याण्ड स्वत छनोट भइसकेको छ ।

कप्तान बिर्सना चौधरीले भने उत्तर कोरिया बारे धेरै थाहा नभएकोले अब फिल्डमै खेल देखाउने बताइन् । ‘उत्तर कोरियासँग खेल्नु हेरेको पनि छैन देखेको पनि छैन । खेल्ने हामी फिल्डमै हो देखाउने फिल्डमै हो । त्यही अनुसार खेल्ने हो’ उनले भनिन् ।

चिन्ता डिफेन्स र मिडफिल्डमै

साफ यू-२० च्याम्पियनसिपमा उपविजेता बन्दा नेपाल घरेलु टोली बंगलादेशसँग दुवै खेलमा पराजित भएको थियो । पहिलो खेलमा अन्तिम समयमा गोल खाँदा नेपाल ३-२ ले पराजित भयो भने दोस्रो खेलमा ४-० ले पारजित भयो ।

दुवै खेलमा नेपालको डिफेन्स कमजोर देखियो । डिफेन्स र मिडफिल्डको कुनै तालमेल नै देखिएन । त्यसमा गोलकिपरसम्म कमजोरी देखियो । गोलकिपर र डिफेन्डरको पनि तालमेल कमी देखिएको थियो ।

नेपालको मुख्य समस्या डिफेन्स र मिडफिल्ड नै रहेको मुख्य प्रशिक्षक र कप्तानको भनाई छ । त्यसमा अझ सुधार गरेर राम्रो प्रदर्शन गर्ने उनीहरूको भनाइ छ ।

‘दुई दिन पूर्ण रेस्ट भयो । ६ दिनमा डिफेन्स लाइन र मिडफिल्ड लाइनमा ट्रान्सजिसन समस्या देखिएको थियो । त्यसमा होमवर्क गर्‍यौं । गोलकिपरमा कमजोरी देखिएकोले त्यसमा ध्यान दिएर काम गर्नुस भनेर भनेको छु’ मुख्य प्रशिक्षक गुरुङले भने ।

यस्तै कप्तान बिर्सनाले पनि अग्रपंति राम्रो भएपछि पछाडि केही समस्या रहेको बताइन् । तर टिम राम्रो भएकोले राम्रो प्रदर्न हुने उनले आशा व्यक्त गरिन् ।

‘टिम वर्क हाम्रो छ । एएफसी खेल्न जादैछौं । राम्रो नतिजा ल्याउने आशा छ र छनोट हुने आशा छ’ बिर्सनाले भनिन्, ‘हाम्रो डिफेन्स लाइन र मिडफिल्डलाइनमा काम गर्नुपर्छ । फरवार्ड राम्रो छ।’

कप्तान बिर्सनाले बंगलादेशसँगको हारलाई बिर्सेर अघि बढ्ने बताइन् । ‘बंगलादेशमा हार्‍यो दोस्रो भयौं । त्यो बिर्सेर राम्रो नतिजा ल्याउने आशामा छौं।’

नेपाली टोली
गोलकिपर : लिला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ

डिफेन्डर : सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई, सीता रोकाया

मिडफिल्डर : कविता गुरुङ, सुसिला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी (कप्तान), सेनु परियार

फर्वार्ड : कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर

नेपालको खेलतालिका
नेपाल भर्सेस भुटान- अगष्ट ६
नेपाल भर्सेस साउदी अरेबिया- अगष्ट ८
नेपाल भर्सेस उत्तर कोरिया- अगष्ट १०

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

मानव बेचविखन न्यूनीकरणमा थ्रि एन्जल्स नेपाल

हेटौंडा रबर उद्योग लिमिटेडको पहिलो साधारणसभा सम्पन्न, आईपीओ जारी गर्ने निर्णय !

ट्रेन्डिङ

सबै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

मानव बेचविखन न्यूनीकरणमा थ्रि एन्जल्स नेपाल

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.