भदौ १५,वीरगञ्ज । पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् । वीरगञ्ज महानगर र ठोरी गाउँपालिकामा पोथी लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिसका एक–एक बिरामीमा भेटिएका हुन् ।स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले भने- ‘पोथी लामखुट्टेले पशुपक्षी घोडा, सुँगुर, बङ्गुर, हाँस आदिलाई टोकेर मानिसलाई टोक्यो भने मानिसमा जापानिज इन्सेफलाइटिस रोगको सङ्क्रमण देखापर्छ ।’ यो रोगको जिवाणुले मानिसको मस्तिष्कमा असर पुर्याउँछ । यो रोगको लक्षण देखापर्नासाथ बिरामीलाई जतिसक्दो चाँडो नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा लगी उपचार गराउनुपर्ने हुन्छ ।जनस्वास्थ्य अधिकृत ठाकुरले समयमै उपचार गराएमा बिरामीलाई अपाङ्ग र मृत्यु हुनबाटसमेत जोगाउन सकिने बताए ।
तपाईको प्रतिक्रिया




