गैंडाकोटस्थित मौलाकाली केबलकार करिब दुई महिनापछि पुनः सञ्चालनमा आउने भएको छ। अस्ट्रियाबाट आएका इन्जिनियरको टोलीले आवश्यक मर्मत तथा पुनर्निर्माणसम्बन्धी काम पूरा गरेपछि आज (सोमबार) बिहानबाट केबलकारको परीक्षण सञ्चालन सुरु भएको स्टेसन म्यानेजर सुरज पौडेलले बताए ।
उनका अनुसार परीक्षण सफल भएसँगै भोलि (मंगलबार) साँझदेखि केबलकार नियमित रूपमा सञ्चालनमा ल्याइने छ। मौलाकाली केबलकारको माथिल्लो स्टेसनबाट देवघाट, चितवन र नवलपरासीका मनोरम दृश्य एकै स्थानबाट अवलोकन गर्न सकिन्छ। भदौ २४ मा भएको तोडफोड र आगजनीका कारण बटम स्टेसनमा पूर्ण क्षति पुगेपछि केबलकार सञ्चालन बन्द गरिएको थियो ।




