काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले टस जितेर कर्णाली याक्सलाई पहिला ब्याटिङ गर्ने निर्णय दिएको छ। दुवै टोली लिगमा विजयी सुरुवात गर्ने दाउमा छन्।
चालक कप्तान कुशल मल्लको नेतृत्वमा रहेको चितवन टोलीमा सोहेल तनबिर र रवि बोपरा जस्ता अनुभवी खेलाडी छन्। कर्णाली याक्सको कप्तानी सोम्पाल कामीले सम्हालेका छन्, टोलीमा राष्ट्रिय टोलीका नियमित खेलाडी गुलसन झा र नन्दन यादव रहेका छन्।
लिगको उद्घाटन खेलमा हिजो काठमाडौं गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको थियो।
आजै दिनको दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।



