सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने भएको छ। टस जितेका चितवनका कप्तान कुशल मल्लले पहिला ब्याटिङ रोजेका छन्।
अघिल्लो खेलको तुलनामा दुवै टोलीले दुई–दुई खेलाडी परिवर्तन गरेका छन्। चितवनले अमरसिंह राउटेला र सौगात ढकाललाई प्लेइङ–११ मा राखेको छ भने दिपक बोहोरा र रिजन ढकाल बेन्चमा छन्। जनकपुर बोल्ट्सले अनिल शाह र सचिन भट्टलाई प्लेइङ–११ मा समावेश गरेको छ। ललित राजवंशी र किशोर महतो आजको खेलमा बाहिर रहेका छन्। सचिन भट्टका लागि यो पहिलो एनपीएल खेल हो।
चितवन राइनोज टोली:
कुशल मल्ल, देव खनाल, अर्जुन साउद, सौगात ढकाल, अमरसिंह राउटेला, रञ्जित कुमार, कमल सिंह ऐरि, डाविड मलान, रवि बोपारा, सैफ जैव, सोहेल तनविर
जनकपुर बोल्ट्स टोली:
आशिफ शेख, शुभ कंसाकार, अनिल शाह, सचिन भट्ट, मयन यादव, आदित्य महतो, रुपेश कुमार सिंह, वायने प्रनिल, माज सदाकत, जान निकोल लफ्टी–इटोन, संजय कृष्णमुति



