पछिल्लो साताभित्र दक्षिण र दक्षिणपूर्वी एसियामा भारी वर्षा र बाढी–पहिरोले ठूलो विनाश मच्चाएको छ। इन्डोनेसिया, श्रीलंका, थाइल्यान्ड र मलेसियामा हजारौं मानिस प्रभावित भएका छन्।
इन्डोनेसियामा सुमात्रा टापु विशेष प्रभावित भएको छ। चक्रवातले ल्याएको बाढी र पहिरोले कम्तिमा ६०४ जनाको मृत्यु भएको छ भने ४६० भन्दा बढी व्यक्ति हराइरहेका छन्। उद्धार टोलीले हेलिकोप्टरमार्फत राहत सामग्री पुर्याइरहेको छ। स्थानीय बासिन्दा घर नै बगेर जाने अवस्था आ
एको बताएका छन्।
श्रीलंकामा कम्तिमा ३९० जनाको मृत्यु भएको छ भने ३५२ जना हराइरहेका छन्। २५ हजारभन्दा बढी घर नष्ट भएका छन् र १ लाख ४७ हजार मानिस अस्थायी शिविरमा बस्न बाध्य छन्। राजधानी कोलम्बो नजिकका क्षेत्र अझै उच्च जोखिममा छन्।
थाइल्यान्डको दक्षिणी भागमा बाढीले १७६ जनाको मृत्यु गराएको छ। करिब २८ लाख मानिस प्रभावित भएका छन्। डुबानमा परेका बिरामीलाई हवाई मार्गबाट उद्धार गरिएको छ। मलेसियामा पनि मध्यरात आएको तुफानले दुई जनाको मृत्यु गराएको छ। अहिलेसम्म ३४ हजारभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिएका छन्।

दक्षिण–पूर्वी एसिया जलवायु परिवर्तनका सबैभन्दा संवेदनशील क्षेत्र मानिन्छ।
यस प्रकोपले लाखौं परिवारको जीवन प्रभावित गरेको छ। उद्धार र राहत कार्य अझै चुनौतीपूर्ण अवस्थामा छन्।
मौसम विज्ञहरूले विश्वव्यापी तापक्रम वृद्धिले समुद्री आँधी र अत्यधिक वर्षालाई थप शक्तिशाली बनाएको बताएका छन्।

(अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका आधारमा)



