• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, साउन २७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार

  • १. पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

  • २. ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

  • ३. फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

  • ४. पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

जेनजी सम्झौतामा हस्ताक्षरलगत्तै विवाद, प्रतिनिधिले च्यातिदिए,



  •   बिहिबार, मङि्सर २५, २०८२
  • A
  • A+
  • A++

जेनजी आन्दोलन संस्थागत गर्ने सम्झौतामा हस्ताक्षर लगत्तै प्रधानमन्त्री कार्यालयमा जेनजीहरूको समूहले विरोध प्रदर्शन गर्दै सम्झौता पत्र च्यातिदिएका छन्। उनीहरूले सम्झौताले आफ्नो माग पूरा नगर्ने भएकाले यस्तो कदम उठाएको जितेन्द्रकुमार महतोले बताएका छन्।

महतोले भने, “यो सम्झौताको ड्राफ्टमा हाम्रो संलग्नता थिएन। हाम्रो राख्नुपर्ने बुँदाहरू राखिएको छैन। दुई–चार जना जेनजी भोलिन्टियर राखेर हामीलाई बोल्नै दिइएन।” उनले आफूहरूले माग समेट्न चाहेको विषय खुलाएनन्। यसअघि मंसिर ८ गते पनि जेनजीहरूले प्रधानमन्त्री कार्यालयमा हुलदंगा मच्चाएका थिए भने खेलकुद मन्त्रालयमा समेत पिटापिट गरेको थियो। बुधबारको विरोधमा मुख्य रूपमा जितेन्द्रकुमार महतो र सुप्रिया राज्यलक्ष्मी शाही देखिएका थिए।

काउन्सिल अफ जेनजीका कोसी प्रदेश संयोजक उपार्जुन चाम्लिङका अनुसार सम्झौतामा ‘राजा’ शब्द नदेखिएको र हस्ताक्षर लगत्तै सुरु भएको विवादले जेनजीहरूलाई भड्काएको हो। उनले भने, “सम्झौता गर्ने बेलामा के छ, के छैन भन्ने कुरा पूर्वजानकारी हुनु पर्थ्यो।” सम्झौता हस्ताक्षर समारोहमा सरकारतर्फ प्रधानमन्त्री सुशीला कार्की र जेनजीतर्फ सहिद परिवारका भोजबिक्रम थापा उपस्थित थिए। नेपाल जेनजी फ्रन्ट, काउन्सिल अफ जेनजी, जेनजी मुभमेन्ट अलायन्सका जेनजी, घाइते जेनजी र सहिद परिवारको उपस्थितिमा सयभन्दा बढी हस्ताक्षर भएको थियो।

हस्ताक्षरपछि जेनजी प्रतिनिधि मिराज ढुंगानाले सम्झौताको विरोध गर्दै विज्ञप्ति जारी गरे। उनले सम्झौता प्रमुख माग स्पष्ट र ठोस रूपमा नसमेटेको आरोप लगाउँदै, “यो सम्झौता आन्दोलन तुहाउने षड्यन्त्र र भ्रमपूर्ण हो, हामी यसलाई समर्थन गर्न असमर्थ छौँ,” बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

ट्रेन्डिङ

सबै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.