• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

मह उत्पादन र रोजगारी प्राथमिकतामा राख्दै, १३ औँ रत्ननगर महोत्सवको तयारी तीब्र



  •   शनिबार, पुष १९, २०८२
  • A
  • A+
  • A++

रत्ननगर, पुस १४ – आगामी पुस २५ गतेदेखि टिकौली चौरमा सुरु हुने रत्ननगर महोत्सवको १३औँ संस्करणमा मह उत्पादन, बजारीकरण तथा रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखिएको छ।

‘रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पुस २५ देखि माघ ६ गतेसम्म महोत्सव आयोजना हुन लागेको हो। रत्ननगर नगरपालिकाको संरक्षकत्वमा हुने महोत्सवले कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई प्रवर्द्धन गर्दै समग्र चितवनको आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्य राखिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

यस वर्षको महोत्सवको मुख्य आकर्षणका रूपमा जनकपुरस्थित रामजानकी मन्दिरको आकृतिमा निर्माण गरिएको भव्य प्रवेशद्वार रहनेछ। साथै, महोत्सवअन्तर्गत दोस्रो चितवन मह उत्सव समेत आयोजना गरिने संघका अध्यक्ष शंकर गिरीले जानकारी दिए। महको उत्पादन, गुणस्तर तथा बजारीकरण प्रवर्द्धनका लागि छुट्टै मह परिसर निर्माण गरिने उनले बताए।

अध्यक्ष गिरीले टिकौली चौरलाई स्थायी प्रदर्शनी मैदानको रूपमा विकास गर्न सरकारसँग माग गरेका छन्। कानुनी प्रक्रिया पूरा गरी विवादरहित रूपमा मेला तथा महोत्सव आयोजना गर्न सकिने गरी टिकौली चौरको पूर्वाधार विकास आवश्यक रहेको उनको भनाइ छ।

युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर पहिचान गराउने उद्देश्यले रोजगार मेला २०८२ पनि सञ्चालन गरिनेछ, जसले रोजगार खोज्ने युवा र रोजगारदाताबीच सेतुको भूमिका खेल्ने अध्यक्ष गिरीले बताए।

विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणमा चार लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २५ करोड रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान गरिएको संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले जानकारी दिए। महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ४५० स्टल रहनेछन्।

महोत्सवमा उद्योग, व्यापार, कृषि उत्पादन, स्थानीय कला–संस्कृति तथा पर्यटकीय सामग्रीको प्रदर्शनी गरिनेछ। साथै प्रवेशद्वारमा पहिलो पटक रामजानकी मन्दिरको आकृतिसहितको भव्य गेट निर्माण गरिनेछ।

थारू, मगर, गुरुङ, दराई, माझी, तामाङ र कुमाल समुदायका परम्परागत संस्कृति झल्किने घरहरू निर्माण गरिनेछन्। ‘बिर्सनु हुँदैन बाजेबजैको स्वाद, जोगाऔँ रैथाने संस्कृति र परम्परागत याद’ भन्ने नारासहित रैथाने बालीको संरक्षण र प्रवर्द्धन गरिनेछ।

बालबालिकाका लागि फनपार्क, विभिन्न जातीय परिकारसहितको छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव पुस २९ देखि माघ ४ गतेसम्म सौराहाचोक बसपार्कमा आयोजना गरिने संघका पूर्वअध्यक्ष तथा खाना महोत्सव संयोजक ज्ञानबहादुर विसुरालले जानकारी दिए।

कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह तथा रैथाने बालीको प्रदर्शन र बजारीकरण गरिनेछ। महिलाहरू, फरक क्षमता भएका व्यक्ति तथा स्थानीय कृषकका उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराइने संघका महासचिव उपेन्द्र शर्मा आचार्यले बताए।

मनोरञ्जनतर्फ राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति, आदिवासी जनजातिका भेषभूषा तथा नृत्य प्रदर्शन रहनेछ। उद्घाटनका दिन विभिन्न संघ–संस्थाको सहभागितामा बाजा र झाँकीसहितको शोभायात्रा निकालिनेछ। सुरक्षा व्यवस्थाका लागि अत्याधुनिक सिसिटिभी जडान र ५ करोड रुपैयाँको बीमा व्यवस्था गरिएको छ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले देशको ८७ प्रतिशत रोजगारी सिर्जना गरेको निजी क्षेत्रको लगानी सुरक्षामा राज्य जिम्मेवार हुनुपर्ने बताए। रत्ननगर महोत्सवले आर्थिक विकासमा खेलेको भूमिकालाई राज्यले थप प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.