• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, कार्तिक ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

लोकप्रिय समाचार

पिठुवा खानेपानीको आठौं बार्षिक साधारण सभा: २६ लाख ८७ हजार रुपैया मुनाफा



  •   शनिबार, पुष २६, २०८२
  • A
  • A+
  • A++

रत्ननगर,पुस २६ – पुर्वी चितवनको रत्ननगर वडा नं १५ स्थित पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आठौं बार्षिक साधारण सभा शनिबार गरिएको छ । संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम प्रदेश सभा सांसद कृष्णप्रसाद खनालले उद्घाटन गरेका थिए । साधारण सभामा अध्यक्ष हरिकुमार श्रेष्ठले आर्थिक बर्ष २०८२/०८३ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

सामुदायिक विद्यालयहरु र क्रियापुत्री भवनलाई पानी महसुलमा ६०% छुट दिँदै आएकोमा यस आ.व देखि ७५% छुट दिने, सुकुम्वासी वर्गलाई धारा जडानमा ७५% छुट सहित नीति तथा कार्यक्रम ल्याइएको अध्यक्ष श्रेष्ठले बताए । संस्थाले प्रदान गरेको सेवा प्रवाहलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन अर्ध बार्षिक रुपमा समिक्षा सहित आम्दानी तथा खर्च सार्वजनिक गर्ने, पानीका स्रोतहरु सुक्न सक्ने अवस्थालाई मध्य नजर गरी पानीको श्रोत संरक्षणको लागि पोखरी निर्माण तथा वृक्षारोपण कार्यक्रम संचालन गर्ने, बढ्दो वातावरण प्रदुषणलाई न्यूनीकरण गर्न सेवा क्षेत्रभित्र (चर्पी, धारा, भान्छा, व्यक्तिगत सरसफाई) “उपभोक्ता सँग स्वच्छ खानेपानी“ अभियान संचालन गर्ने, रनपा-१५ मा रहेको टंकीबाट सहज पानी वितरण गर्न अनुदान मार्फत १ वटा बोरिङ खन्ने व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

आर्थिक बर्ष २०८१/०८२ मा १ करोड ६३ लाख २५ हजार आम्दानी गरेको सो संस्थाले पानी महसुलबाट मात्र १ करोड २२ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको हो । शनिबार आयोजित संस्थाको आठौं बार्षिक साधारण सभामा कोषाध्यक्ष विमला पाण्डे बन्जराले प्रस्तुत गरिएको आर्थिक प्रतिबेदनमा उक्त संस्थाले सो आर्थिक बर्षमा १ करोड ६३ लाख २५ हजार आम्दानी गरेकोमा १ करोड १२ लाख ९४ हजार खर्च कटाएर २६ लाख ८७ हजार रुपैया मुनाफा भएको उल्लेख छ ।

उपाध्यक्ष कुलबहादुर भण्डारीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा सचिव रुपेश तिवारीले प्रगति प्रतिवेदन, कोषध्यक्ष बन्जराले आर्थिक प्रतिबेदन तथा लेखा समिति संयोजक गौतमबाबु अर्यालले आन्तरिक लेखा परीक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा नं १५ का वडाध्यक्ष आशिक तामाङ, वडा नं १४ का वडाध्यक्ष होमनाथ रानाभाट, वडा नं १६ का वडाध्यक्ष हेमराज थापा, रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष माधव अर्याल, साविक पिठुवा गाविसका पूर्वअध्यक्ष चन्द्रकान्त न्यौपाने, पिठुवा खानेपानीका पूर्वअध्यक्ष जयन्द्रकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । सो संस्थाले विधान पुर्नलेखन गरी साधारण सभामा प्रस्तुत गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

ट्रेन्डिङ

सबै

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.