३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन रहेका संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिल हरूलाई स्वीकृति दिएको छ।
यस निर्णयपछि कास्की, रुपन्देही, काठमाडौं र पर्साका सरकारी वकिल कार्यालयहरूले रवि लामिछाने विरुद्धका उक्त अभियोगहरू फिर्ता लिने प्रक्रिया अघि बढाउने छन्।



