• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, साउन २१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

हेटौंडा रबर उद्योग लिमिटेडको पहिलो साधारणसभा सम्पन्न, आईपीओ जारी गर्ने निर्णय !



  •   आइतबार, माघ ११, २०८२
  • A
  • A+
  • A++

हेटौंडा : हेटौंडा रबर उद्योग लिमिटेडले पब्लिक लिमिटेड कम्पनीका रूपमा रूपान्तरण भएपछि पहिलो पटक साधारणसभा हेटौडामा सम्पन्न गरेको छ। साधारणसभाले कम्पनीलाई लिमिटेडबाट सार्वजनिक कम्पनीमा अघि बढाउँदै सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने निर्णय गरेको हो।

सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष प्रकाश आचार्यले हाल कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको जानकारी गराए । आगामी विस्तार योजना तथा दीर्घकालीन लक्ष्यलाई मध्यनजर गर्दै कम्पनीले अधिकृत पूँजी ५० करोड रुपैयाँ तथा जारी र चुक्ता पूँजी पनि ५० करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव अघि सारेको छ।

प्रस्तावित पूँजी संरचना अनुसार १५ करोड रुपैयाँ प्रवर्द्धक (प्रमोटर) समूहबाट लगानी गर्न आवाहन गरिएको छ । यस्तै २० करोड रुपैयाँ सर्वसाधारण जनताबाट आईपीओ मार्फत संकलन गर्ने लक्ष्य लिइएको छ। संकलित पूँजी कम्पनीको ऋण भुक्तानी, ब्याज खर्च व्यवस्थापन तथा आगामी दिनमा शेयरधनीलाई लाभांश वितरण गर्ने क्षमतामा सुधार गर्न उपयोग गरिने आचार्यले जानकारी गराए।

स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै कम्पनीले बकेट, केमिकल, रेजिन लगायत विभिन्न प्लास्टिकजन्य सामग्री स्वदेशमै उत्पादन गर्दै आएको छ। स्थापना कालदेखि नै उत्पादन, गुणस्तर र अनुशासनलाई प्राथमिकतामा राख्दै अघि बढेको कम्पनीले अब सार्वजनिक कम्पनीका रूपमा पारदर्शिता, सुशासन र उत्तरदायित्वलाई अझ मजबुत बनाउने अध्यक्ष आचार्यले प्रतिबद्धता व्यक्त गरे।

आगामी दिनमा उत्पादन क्षमता विस्तार, बजार विस्तार तथा आवश्यक नियामकीय प्रक्रिया पूरा गर्दै आईपीओ निष्कासनतर्फ अघि बढ्ने कम्पनीको योजना रहेको छ। यस यात्रामा शेयरधनी, कर्मचारी तथा सरोकारवालाको विश्वास, साथ र सुझाव महत्वपूर्ण रहने कम्पनीले जनाएको छ।

कम्पनीको निरन्तर प्रगतिमा योगदान पुर्‍याउने सबै शेयरधनी, कर्मचारी र सरोकारवाला पक्षप्रति धन्यवाद व्यक्त गर्दै साधारणसभाबाट लिइएका निर्णयहरूले कम्पनीलाई अझ सशक्त र दिगो दिशातर्फ अघि बढाउने विश्वास व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.