• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असोज १९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

लोकप्रिय समाचार

  • १. परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

  • २. कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

  • ३. धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश



  •   मङ्गलबार, असार १६, २०८३
  • A
  • A+
  • A++

मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

मेक्सिकोको मोन्टेरे स्टेडियममा आज सम्पन्न खेलमा मोरक्कोले नेदरल्यान्डसलाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको हो ।

पराजयसँगै नेदरल्यान्ड्स विश्वकपबाट बाहिरिएको छ । पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सले सुरुआती गोल गर्दा मोरक्कोको प्रहार भने बाहिरिएको थियो । नेदरल्यान्ड्सको प्रहार असफल हुँदा मोरक्कोले गोल गर्यो । दुवै टोलीका एक प्रहार सफल भए र एक प्रहार विफल भए । अन्तिममा नेदरल्यान्ड्सको प्रहार मोरक्को गोलकिपरले बचाउँदा यता मोरक्कोले निर्णायक गोल गर्यो ।

त्यसअघि खेलको निर्धारित ९० मिनेट र त्यसपछिको थप ३० मिनेटको अतिरिक्त समयममा दुवै टोलीले १–१ गोलको बराबरीमा खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल खेलको दोस्रो हाफमा भएको थियो ।

खेलको ७२औँ मिनेटमा नेदरल्यान्ड्सले पहिलो अग्रता लिएको थियो । उसका लागि कोडी गाक्पोकोले गोल गरे । उनले क्राइसेन्सियो समरभिलको पासमा गोल गरेर खेलमा पहिलो अग्रता लिएका थिए ।

त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा मोरक्कोले बराबरी गोल फर्कायो । मोरक्कोका इसा डिओपले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । उनले चेम्सडाइन ताल्बीको पासमा गोल गरेका हुन् । नेदरल्यान्ड्स जित नजिक पुगेका बेला मोरक्कोले बराबरी गोल फर्काएपछि खेल निकै रोमाञ्चक बनेको थियो ।

त्यसअघि आजै बिहान अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडनडेथमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको थियो । खेलको निर्धारित ९० मिनेट र त्यसपछिको थप ३० मिनेटको अतिरिक्त समयममा १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

जारी विश्वकप पेनाल्टी सुटआउटबाट निर्णय भएको यो पहिलो खेल हो ।
––– रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

ट्रेन्डिङ

सबै

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.