• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असार २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

लोकप्रिय समाचार

  • १. उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

  • २. ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

  • ३. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • ४. राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन

  • ५. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ६. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ७. पहिरोका कारण सडक अवरुद्ध

  • ८. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ९. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • १०. नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल



  •   मङ्गलबार, असार २३, २०८३
  • A
  • A+
  • A++

काठमाडौँ, २३ असार : सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित गर्न देशभरका प्रमुख राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ निर्माण गर्ने भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै सडक सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले सडक दुर्घटनाको जोखिम न्यूनीकरणका लागि खोला–खोल्सी र जोखिमयुक्त स्थानमा पुल निर्माणलाई तीव्रता दिइने जानकारी दिँदै देशभर तीन हजार पुल निर्माण गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

कर्णाली राजमार्गको दयनीय अवस्था, सडक दुर्घटना तथा उद्धारमा हुने ढिलाइबारे सांसद दुर्गाकुमारी गुरुङले उठाएको प्रश्नको जवाफमा मन्त्री लम्सालले कर्णालीका सडकको अवस्था चुनौतीपूर्ण रहेको स्वीकार गर्नुभयो । उहाँले कर्णाली राजमार्ग सुधारका लागि पर्याप्त बजेट विनियोजन गरिएको र आगामी दिनमा एक लेनका सडकलाई क्रमशः दुई लेनमा स्तरोन्नति गरिने बताउनुभयो ।

“यस्तो अवस्था दोहोरिन नदिन एक लेनका सडकलाई दुई लेनमा विस्तार गर्ने कार्यक्रम ल्याएका छौँ । चालु आर्थिक वर्षभित्र सबै एक लेन सडक विस्तारका लागि ठेक्का प्रक्रिया सुरु गर्ने लक्ष्य छ”, मन्त्री लम्सालले भन्नुभयो ।

विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाइने र पर्यटकीय राजमार्गहरूको स्तरोन्नति गरी सुरक्षित यातायात सुनिश्चित गरिने उहाँको भनाइ छ । मन्त्री लम्सालले कालीगण्डकी करिडोरका बाँकी सडकखण्ड सम्पन्न गर्न पहिरो तथा मनसुनी फेरबदल चुनौती बने पनि पहिरो व्यवस्थापनका लागि विशेष योजना अघि बढाइएको बताउनुभयो । देशभर पहिचान भएका पहिरो जोखिमयुक्त क्षेत्रको दिगो व्यवस्थापनका लागि पनि बजेट व्यवस्था गरिएको उहाँको भनाइ छ ।

मन्त्री लम्सालले सार्वजनिक खरिद प्रक्रियामा हुने ढिलाइ अन्त्य गर्न १८ देखि २१ महिना लाग्ने प्रक्रिया घटाएर छ–सात महिनामा सम्पन्न गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

त्यसैगरी, मन्त्री लम्सालले निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र परेका आयोजनाबारे मन्त्री लम्सालले पटकपटक म्याद थप्दा पनि काम नगर्ने ठेकेदारसँगको सम्झौता रद्द गरिएको बताउनुभयो । “अझै केही आयोजनामा रद्द गर्ने प्रक्रिया अघि बढाएका छौँ । केही निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न अन्तिम चेतावनी दिइएको र कतिपयलाई कालोसूचीमा समेत राखिएको छ”, उहाँले भन्नुभयो ।

खरिद ऐन संशोधनको प्रक्रिया अघि बढिसकेको र संशोधनपछि अत्यन्त न्यून मूल्यमा ठेक्का लिएर आयोजना अलपत्र पार्ने प्रवृत्ति नियन्त्रण हुने मन्त्री लम्सालले विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री लम्सालले जोखिमयुक्त तुइन विस्थापनका लागि झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिइएको जानकारी दिँदै निजी तुइन सञ्चालन भएका स्थान नजिकै झोलुङ्गे पुल निर्माण गरेर सुरक्षित र वैकल्पिक आवागमनको व्यवस्था गरिने बताउनुभयो ।

उहाँका अनुसार सरकारले अधिकांश चालु कार्यक्रमलाई निरन्तरता दिएको छ । “यस्तै, ३०० स्थानमा फोहर व्यवस्थापन गर्न सक्नेगरी बजेट व्यवस्था गरिएको र सडक पूर्वाधार निर्माणमा सुदूरपश्चिम र कर्णाली प्रदेशलाई विशेष प्राथमिकता दिइएको छ”, मन्त्री लम्सालले भन्नुभयो ।

स्थानीय तहको प्राविधिक तथा कार्यान्वयन क्षमता कमजोर हुँदा ठूला आयोजना प्रभावित भएको उल्लेख गर्दै मन्त्री लम्सालले अब रु ५० करोडदेखि रु ३०० करोडसम्मका पूर्वाधार आयोजना भवन निर्माण विभागमार्फत कार्यान्वयन गर्ने व्यवस्था गरिएको बताउनुभयो ।

सरकारले तीनवर्षे कार्ययोजनासहित स्थानीय तहमा पुल निर्माणका लागि रु ८१ अर्ब २२ करोड बजेट विनियोजन गरेको छ ।
—रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

ट्रेन्डिङ

सबै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारीसाधन दुर्घटनामा मृत्यु

लमजुङ कारागार बजेट अभावमा रोकियो

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.