• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

  • ४. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ५. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ६. जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

  • ७. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ८. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ९. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

  • १०. राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा



  •   आइतबार, असार २८, २०८३
  • A
  • A+
  • A++

अतिरिक्त समयको ११२औँ मिनेटमा जुलियन अल्भारेजले गरेको निर्णायक गोलसँगै साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै फिफा विश्वकप २०२६ को सेमिफाइनल यात्रा तय गरेको छ।

अतिरिक्त समयको अन्तिम क्षणमा लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि अर्जेन्टिनाको जित सहज देखिए पनि खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो।अर्जेन्टिनाका लागि पहिलो गोल एलेक्सिस म्याक एलिस्टरले लियोनेल मेसीको कर्नर पासमा गरेका थिए।

यस जितसँगै अर्जेन्टिनाले बुधबार एटलान्टामा हुने सेमिफाइनलमा इङ्गल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। इङ्गल्यान्डले क्वार्टरफाइनलमा नर्वेलाई २–१ ले हराएर अन्तिम चारमा स्थान बनाएको थियो।

मेसीको लगातार नौ विश्वकप खेलमा गोल गर्ने शृङ्खला यस खेलमा रोकिए पनि अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियान भने कायम रहेको छ । अर्जेन्टिना, इङ्गल्यान्ड, फ्रान्स र स्पेन सेमिफाइनलमा पुगेसँगै फिफा वरीयताका शीर्ष चार टोली पहिलो पटक एकै विश्वकपको अन्तिम चारमा पुगेका छन्।

दोस्रो हाफमा रेफ्रीको एउटा निर्णय विवादको विषय बन्यो। ६७औँ मिनेटमा डान एनडोयेले स्विट्जरल्यान्डका लागि बराबरी गोल गरेपछि लिआन्ड्रो पारेडेसलाई ब्रिल एम्बोलोमाथि फाउल गरेको भन्दै वहेँलो कार्ड देखाइएको थियो। तर भिडियो समीक्षामा सम्पर्क हुनुअघि नै एम्बोलो लडेको देखिएपछि निर्णय संशोधन गरियो। यसअघि नै वहेँलो कार्ड पाइसकेका एम्बोलोलाई अन्ततः मैदानबाट बाहिर पठाइएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भयो।

विश्वकपमा ‘गलत खेलाडीको पहिचान’सम्बन्धी नियम प्रयोग गरी भिडियो सहायक रेफ्रीको हस्तक्षेपबाट कार्डको निर्णय परिवर्तन गरिएको यो दोस्रो घटना हो।

क्वार्टरफाइनलसम्म आइपुग्दा अर्जेन्टिनाले नकआउट चरणका दुवै अघिल्ला खेलमा कठिन सङ्घर्ष गरेको थियो। अन्तिम १६ मा केप भर्डेलाई अतिरिक्त समयमा हराएको अर्जेन्टिनाले त्यसपछि इजिप्टविरुद्ध निर्धारित समयको अन्तिम चरणमा पुनरागमन गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको थियो।

स्विट्जरल्यान्डले भने सन् १९५४ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनल खेलेको थियो। तर उसले अझै पनि विश्वकप इतिहासमा पहिलो पटक सेमिफाइनल पुग्ने लक्ष्य पूरा गर्न सकेन।

खेलको सुरुआतमा बलमा स्विट्जरल्यान्डको पकड देखिए पनि मेसीको कर्नरमा म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले दुई महत्त्वपूर्ण बचाउ गरे पनि रिकार्डो रोड्रिगेजको पासमा डान एनडोयेले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए।

निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाले लगातार दबाब सिर्जना गरे पनि विजयी गोल निकाल्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। त्यसपछि ११२औँ मिनेटमा अल्भारेजले लामो दूरीबाट उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। इन्जुरी समयमा लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि अर्जेन्टिनाले ३–१ को जित सुनिश्चित गर्यो ।
–––रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

ट्रेन्डिङ

सबै

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.