• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

  • ४. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ५. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ६. जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

  • ७. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

  • ९. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • १०. राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

नेपाल बैङ्कद्वारा ग्रामीण विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण



  •   सोमबार, असार २९, २०८३
  • A
  • A+
  • A++

रसुवा, २९ रसुवाः नेपाल बैङ्क लिमिटेड धुञ्चे शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पहिलोपटक दुर्गम क्षेत्रका सात विद्यालयका ९२ जना विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

दुर्गम क्षेत्रका विद्यार्थीको मनोबल बढाउने उद्देश्यले पहिलोपटक रसुवाका सामुदायिक विद्यालयका छात्रछात्रालाई पोसाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको शाखा प्रबन्धक कृष्ण तामाङले जानकारी दिनुभयो ।

बैङ्कले भीमली आधारभूत विद्यालय, पार्वतीकुण्ड आधारभूत विद्यालय गतलाङ, गोसाइँकुण्ड आधारभूत विद्यालय, आमाछोदिङ्मो, कोमिन श्यामे वाङ्फेल माध्यमिक विद्यालय स्याफ्रुबेँसी, लिङलिङ प्राथमिक विद्यालय र रसुवा माध्यमिक विद्यालय धुञ्चेमा अध्ययनरत विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री प्रदान गरेको हो ।

यसै सन्दर्भमा विद्यालयहरूका तर्फबाट कोमिन श्यामे वाङ्फेल माविका प्रधानाध्यापक किशोरकुमार पुरकोटीले सदैव रकम कारोबार गर्ने बैङ्कले पोसाक तथा शैक्षिक सामग्री उपलब्ध गराएर हिमाली तथा दुर्गम क्षेत्रका विद्यार्थीको मनोबल बढाएकामा धन्यवाद व्यक्त गर्दै सामाजिक उत्तरदायित्व कार्यक्रमलाई शैक्षिक कार्यक्रमसँग जोड्न अनुरोध गर्नुभयो ।

प्रबन्धक तामाङका अनुसार २०३३ सालमा पहिलो बैङ्कका रुपमा जिल्ला सदरमुकाम धुन्चेमा विस्तार भएको सो शाखाले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै अधिकांश काम पाँच मिनेटभित्र सम्पन्न गर्नेगरी आवश्यक प्रबन्ध गरेको छ ।

जिल्लाको पुरानो सदरमुकाम स्याफ्रुबेँसीमा ‘काउण्टर’ रहेको सो बैङ्कको धुन्चे शाखाअन्तर्गत करिब १३ हजार निक्षेपकर्ता, ६०० भन्दा बढी कर्जा ग्राहक र पाँच हजार भन्दाबढी ग्राहक रहेकोे खजाञ्ची प्रकाश ढकालले जानकारी दिनुभयो ।

यसैगरी, धुन्चे शाखाका सहायक प्रबन्धक नारायणप्रसाद अधिकारीका अनुसार छिटोछरितो सेवा प्रवाह गरी जिल्लामा रहेका विभिन्न १७ वटा बैङ्क तथा वित्तीय संस्थालाई ‘नोट’ प्रवाह गर्ने, सबै सरकारी कार्यालयलाई भुक्तानी दिने तथा राजस्वबापत सङ्कलित रकम राख्ने जिम्मेवारी कुशलतापूर्वक बहन गरेका भनी सेवाग्राहीबाट खुसी व्यक्त गरिएको छ ।

देशकै पहिलो बैङ्कका रुपमा १९९४ सालमा स्थापना भएको नेपाल बैङ्कको देशका ७२ वटौ जिल्लामा शाखा कार्यालय रहेको छ ।
–––रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

ट्रेन्डिङ

सबै

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.