• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, कार्तिक ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

लोकप्रिय समाचार

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ



  •   सोमबार, भदौ १५, २०८३
  • A
  • A+
  • A++

बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न सुरु गर्ने उमेर केही ढिला गराउँदा उनीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ।अस्ट्रेलियाको न्यु साउथ वेल्स विश्वविद्यालयले गरेको अध्ययनअनुसार कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्न सुरु गर्ने किशोरकिशोरीमा चिन्ता र अवसादका लक्षण बढी देखिने गरेका छन्। यद्यपि, सामाजिक सञ्जालको खाता मात्र हुनु र मानसिक स्वास्थ्यसम्बन्धी समस्याबीचको सम्बन्ध तुलनात्मक रूपमा कमजोर रहेको पाइएको छ। अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने व्यवस्था लागू हुनुअघि गरिएको उक्त अध्ययनमा १० देखि १५ वर्ष उमेर समूहका किशोरकिशोरी र उनीहरूका एक–एक जना अभिभावक सहभागी थिए।

अध्ययनमा सहभागीमध्ये करिब ७० प्रतिशतले आफूले सामाजिक सञ्जाल प्रयोग गरिसकेको बताएका थिए भने झन्डै आधासँग सामाजिक सञ्जालको खाता रहेको थियो। उनीहरूले औसतमा ११ वर्षको उमेरमा पहिलोपटक सामाजिक सञ्जाल प्रयोग गर्न थालेको पाइएको थियो।

अध्ययनकी प्रमुख अनुसन्धानकर्ता तथा न्यु साउथ वेल्स विश्वविद्यालयकी सहप्राध्यापक सुजेन स्वाइजरले बालबालिकाको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालको खाता हुनु मात्रभन्दा उनीहरूले पहिलोपटक सामाजिक सञ्जाल प्रयोग गर्न थालेको उमेर बढी महत्वपूर्ण देखिएको बताए। उनका अनुसार अध्ययनको यो निष्कर्ष केही हदसम्म अपेक्षाभन्दा फरक रहेको थियो।

अध्ययनमा सहभागी १० देखि १५ वर्ष उमेर समूहका करिब एक चौथाइ बालबालिकाले प्रतिबन्ध लागू भएपछि सामाजिक सञ्जाल प्रयोग गर्न पूर्ण रूपमा बन्द गर्ने योजना बनाएको बताएका थिए। त्यस्तै, ३४ प्रतिशतले खाता नखोली सामाजिक सञ्जाल प्रयोग गर्ने र ३५ प्रतिशतले प्रतिबन्धलाई छल्दै आफ्नो खाता प्रयोगलाई निरन्तरता दिने उपाय खोज्ने बताएका थिए।

अनुसन्धानकर्ताहरूका अनुसार बालबालिकालाई सामाजिक सञ्जालमा प्रवेश गर्न केही समय ढिलाइ गराउनु मानसिक स्वास्थ्य संरक्षणका लागि उपयोगी नीतिगत उपाय हुन सक्छ। यससँगै बालबालिकालाई सुरक्षित तथा स्वस्थ डिजिटल बानी विकास गर्न आवश्यक शिक्षा र मार्गदर्शन प्रदान गर्नु पनि उत्तिकै महत्वपूर्ण हुने अध्ययनले सुझाव दिएको छ।

रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

ट्रेन्डिङ

सबै

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.