• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

लोकप्रिय समाचार

  • १. भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ५. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने



  •   बुधबार, भदौ २४, २०८३
  • A
  • A+
  • A++

उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका लागि सधैँको गलपासो बन्दै आएको छ । गत याममा उद्योगलाई उखु बेचेका किसान छ महिना भइसक्दासम्म पैसा नपाएपछि समस्यामा परेका हुन् । यहाँको धन्कौल गाउँपालिका–२ मा रहेको अन्नपूर्ण चिनी उद्योगले गत याममा मा उखु खरिद गरेको भुक्तानी अझै किसानलाई दिएको छैन ।धन्कौल गाउँपालिका–३ निवासी कैलाश पासवानले उद्योगलाई दिएको ३०० क्विन्टल उखुको आंशिक रकममात्र पाएको बताउनुभयो । उहाँले ५० कट्ठा खेतमा उखु लगाउनुभएको छ । यसमध्ये आफ्नो २० कट्ठा र बाँकी ठेक्कामा लिएको हो । उखु बेचेको पैसा समयमा पाए समयमै ठेक्का बुझाउने उहाँलाई हतारो छ । कबोल गरेको समयमा ठेक्का रकम नतिरे साहुलाई ब्याज बुझाउनुपर्ने चिन्ता उहाँले व्यक्त गर्नुभयो ।“घरको सबै खर्च खेतीबाट आएको पैसाले पुर्याउनु पर्छ”, उहाँले भन्नुभयो, “बालबच्चाको लालनपालन, शिक्षादिक्षा, चाडपर्व सबै यही उखु बेचेर आएको पैसाबाट टार्नु छ । तर, उद्योगले हरेक वर्ष झुटो आशा देखाउँदै दुःख दिने गरेको छ ।” केही समय पहिलामात्र छोरीको विवाह गर्नुभएका कैलाशले गर्जो टार्न उद्योगले पैसा नदिएपछि साहुमहाजनसँग सयकडा तीनले ब्याजमा ऋण लिनुपरेको दुःखेसो पोख्नुभयो ।

उहाँले उद्योगबाट अझै ५६ हजार बढी रकम पाउन बाँकी छ । पाउने रकमको टुङ्गो नहुँदा आफूहरू उखुखेतीबाट निरास बनेको उहाँले बताउनुभयो । उद्योगले पैसा दिनेबेला दिएको दुःख सम्झेर ४०० क्विन्टल उखु नगदमा बेचेको उहाँको भनाइ छ । नगदमा बिचौलियाले रु ३५ देखि ४० कम दाममा किनेर आफ्नो नाममा उद्योगलाई बिक्री गर्छन् । यसबाट किसानले पाउने अनुदानबापतको रकमसमेत दुरुपयोग हुँदै आएको छ ।

धन्कौल –२ का पाँचु सहनीको पनि आयआर्जनको एकमात्र उपाय खेतीपाती हो । उहाँ पनि ठेक्कामा लिएको खेतमा उखु रोप्ने र उद्योगलाई बेच्ने गर्नुहुन्छ । तर, सुरुमा स्थानीयलाई सुविधा पुग्छ भनेर सञ्चालनमा आएको उद्योगले बारम्बार ठगेको उहाँको गुनासो छ । यस उद्योगले उहाँको २०७४ सालमा बिक्री गरेको उखुको केही भुक्तानी अझै दिएको छ्रैन । सोही समयमा उद्योग धरासायी बन्यो ।

सुरुका उद्योगपतिले उद्योग नै बेचिदिएपछि किसानले पाउनु दुःख पाएको उहाँ बताउनुहुन्छ । “माग्न जाँदा २०७४ सालसम्मको भुक्तानी पुरानो मालिकले गर्ने हो भने, पछि विवरण फेला परेन भनेर दिँदै दिएन”, उहाँले भन्नुभयो । त्यसपछि आफूले रौतहट र सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगमा उखु बेचेको उहाँको भनाइ छ । यस वर्ष उद्योगले मिलगेट क्षेत्र तोकेर अन्यत्र काँटा नराख्ने सहमति गरेपछि बाहिरको उद्योग आएन ।

यसपछि आफूहरू मन नहुँदानहुँदै बाध्य भएर अन्नपूर्णलाई उखु दिनुपरेको उहाँले जानकारीदिनुभयो । उहाँले यसपटक दिएको झन्डै ५०० क्विन्टल उखुको भुक्तानी पाउन बाँकी छ । नजिकै हरिवनमा रहेको उद्योगले उखु बिक्री गरेको १५ दिनमा भुक्तानी दिँदा आफूहरूलाई अन्नपूर्णले दुःख दिएको गुनासो गर्नुभयो । अन्नपूर्ण चिनी उद्योगले सिजन २०८२/८३ मा तीन हजार १८६ जना किसानबाट खरिद गरेको नौ लाख ९३ हजार ७५२.६७ क्विन्टल उखु क्रसिङ गरेको थियो ।

उखु खरिदबापत हुन आउने रु ६१ करोड ६१ लाख २७ हजार ६५५ मध्ये उद्योगले किसानलाई अझै रु २२ करोड हाराहारीमा भुक्तानी दिन बाँकी देखिएको छ । किसानको उजुरीपछि सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको अध्यक्षतामा गठन गरिएको छानबिन समितिले उद्योगबाट रु २२ करोडको हाराहारीमा किसानले भुक्तानी पाउन बाँकी रहेको प्रतिवेदन सार्वजनिक भएको थियो ।

यता उद्योग प्रशासनले भने दैनिक किसानको भुक्तानी गरिरहेको दाबी गरेको छ । उद्योगका प्रशासकीय प्रमुख रमेश श्रीवास्तवले किसानको भुक्तानी बाँकी रहेको स्वीकार गर्नुभयो । कात्तिक मसान्तसम्म सक्ने योजना रहेको उहाँले बताउनुभएको छ । उद्योगले किसानको भुक्तानी दसैँ अगाडि गरिसक्नेगरी काम गरिरहेको उहाँको भनाइ छ । तर, बाँकीमध्ये अहिलेसम्म कति रकम किसानको खातामा दाखिला भयो भन्ने तथ्याङ्क उहाँसँग छैन ।

उखुको भुक्तानी नपाएका किसानको उजुरीपछि उद्योग मालिक शैलेन्द्र गुप्तालाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत सर्लाही जारी भएको पक्राउ पुर्जीका आधारमा पक्राउ पर्नुभएका मिल मालिक गुप्तालाई तत्कालीन अवस्थामा उद्योगमा मौज्दात रु ११ करोडबराबरको चिनी बिक्री गरी बाँकी रकम बैंकबाट ऋण निकालेर दसैँसम्म किसानको खातामा दाखिला गर्ने शर्तमा रिहा गरिएको थियो । मिलमा बिक्री हुन बाँकी चिनी बेचेर अपुग रकम बैंकबाट ऋण लिएर किसानको पैसा दिने उद्योगीले बताउनुभएको नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष श्यामबाबु रायले जानकारी दिनुभयो ।

सोहीअनुसार आफूहरूले उक्त घटनामा सहजीकरण गरिदिएको अध्यक्ष रायको भनाइ थियो । स्थानीय उखु किसान उद्योगीले गरेको शर्त पूरा गर्नेमा आशङ्का व्यक्त गर्नुहुन्छ । अहिलेसम्म उद्योगले चालचुल नगरेको भन्दै चाडबाडको समयमा पैसा पाउने कुरामा आफूहरू सशङ्कित रहेको उहाँहरूको प्रतिक्रिया थियो । राज्यले रगत पसिना एक गरेर किसानले उत्पादन गरेको फसलको बजार र उपयुक्त मूल्यको दिगो सुनिश्चितता गरिदिनुपर्ने उहाँहरूको माग छ ।

उखु बिक्री गरेको छ महिना बढी भइसक्दा पनि पैसा नपाउँदा दैनिक घर खर्च धान्न, खेतीबालीका लागि मलखाद तथा कामदारको व्यवस्थापनलगायत काम गर्न समस्या भएको किसानको गुनासो छ । आफूले रगत पसिना गरेर बेचेको पैसा उद्योगले नदिने, आफू रोग लागेर उपचार गर्न ऋण खोजेर अस्पताल पुग्नुपर्ने जर्जर अवस्था किसानको रहेको अर्का किसान धीरु बर्माले बताउनुभयो । किसान मारेर देशको विकास नहुने सर्लाहीको बागमती नगरपालिका–११ निवासी नप्लकण्ठ देवकोटाले बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

ट्रेन्डिङ

सबै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.