• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

लोकप्रिय समाचार

  • १. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • २. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ३. किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

  • ४. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ५. अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

  • ६. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “



  •   शुक्रबार, भदौ २६, २०८३
  • A
  • A+
  • A++

“बाबु, पहिला किङ कोब्रा सुरक्षित उद्धार गर, अनि बल्ल मलाई हेर्न अस्पताल आउ ।” गत जेठ १९ गते मकवानपुरको बकैया र बागमती गाउँपालिकाको सीमावर्ती देउडी डाँडामा किङ कोब्रा उद्धार गर्ने क्रममा तिघ्रामा डसेपछि हेटौँडा अस्पतालतर्फ लाग्दै गर्दा सर्प उद्धारकर्ता राजेश थापाले छोरा रोशनलाई यति भन्नुभएको थियो । बुबालाई डसेको सर्प त्यहीँ थियो । राजेश अस्पतालतर्फ लाग्नुभयो, रोशन भने त्यही किङ कोब्रासँग घटनास्थलमै रहनुभयो ।त्यो राजेशले उद्धार गर्न लागेको १४औँ किङ कोब्रा थियो । यसअघि १३ वटा किङ कोब्रा सुरक्षित उद्धार गरिसक्नुभएका उहाँ करिब ११–१२ फिट लामो अनुमान गरिएको उक्त सर्पलाई नियन्त्रणमा लिने प्रयासमा हुनुहुन्थ्यो । ठाउँ अप्ठ्यारो थियो । सर्पलाई सुरक्षित नियन्त्रणमा लिने प्रयास भइरहेका बेला त्यसले उहाँको घुँडाभन्दा माथि तिघ्रामा डस्यो । “त्यो ट्रयापको युद्धमा चाहिँ सर्पले जित्यो”, त्यो क्षण सम्झँदै राजेशले भन्नुभयो ।

सर्पले डसेपछि उहाँलाई तत्काल अस्पताल लैजाने तयारी भयो । आफू अस्पतालतर्फ लाग्दै गर्दा पनि उहाँको ध्यान आफूलाई डसेको सर्प र घटनास्थलमा रहेका मानिसतर्फ थियो । छोरालाई सर्प सुरक्षित उद्धार गरेर मात्रै अस्पताल आउन भन्नुभयो र आफू अरूको सहयोगमा हेटौँडातर्फ लाग्नुभयो । अस्पताल पुग्दै गर्दा राजेशको मनमा भने अनेक कुरा खेलिरहेका थिए । सर्पदंशका घटनामा अरूलाई नआत्तिन र तत्काल अस्पताल जान सचेत गराउँदै आउनुभएका उहाँ यसपटक आफैँ सर्पदंशको बिरामी हुनुहुन्थ्यो । “अब जीवन रहन्छ, रहँदैन भन्ने कुरा मनमा आएको थियो”, उहाँले भन्नुभयो ।

बुबा अस्पतालतर्फ लागेपछि रोशनका लागि देउडी डाँडामा बितेका करिब २० मिनेट निकै कठिन बने । बुबाको अवस्था के हुन्छ भन्ने थाहा थिएन । अर्कोतर्फ बुबालाई डसेकै किङ कोब्रा नियन्त्रणमा लिनुपर्ने जिम्मेवारी उहाँसँग थियो । रोशनले भन्नुभयो, “मुटुको धड्कन बढिरहेको थियो, हातखुट्टा लगलग कामिरहेका थिए ।” त्यसबेला रोशनका अगाडि छोराको भावना र उद्धारकर्ताको जिम्मेवारी दुवै थिए । “त्यो बेला छोरा हुनुभन्दा पनि पहिला म रेस्क्युअर हुँ भनेर मैले स्वीकार गरेँ”, उहाँले भन्नुभयो ।

आफूलाई सम्हालेर करिब २० मिनेटको प्रयासपछि रोशनले अन्ततः बुबालाई डसेको किङ कोब्रा सुरक्षित उद्धार गर्नुभयो । त्यसपछि त्यहाँ रहेका स्थानीयलाई सर्प नमार्न आग्रह गर्दै उहाँ बुबालाई भेट्न अस्पतालतर्फ लाग्नुभयो । राजेश भने सर्पले डसेको करिब ४० मिनेटमा हेटौँडा अस्पताल पुग्नुभएको थियो । अस्पताल पुग्दासम्म उपचारका लागि आवश्यक तयारी भइसकेको उहाँले बताउनुभयो ।

उपचारमा संलग्न डा हरि खड्काका अनुसार अस्पताल आइपुग्दासम्म राजेशमा सास फेर्न गाह्रो हुने, मुटुको धड्कनमा गडबडी आउने र रक्तचापमा उतारचढाव हुनेलगायत प्रारम्भिक लक्षण देखिन थालिसकेका थिए । “अझ ढिलो भएको भए अवस्था गम्भीर हुन सक्थ्यो”, डा खड्काले भन्नुभयो, “समयमै अस्पताल आइपुग्नु र चिकित्सक टोलीले तत्काल उपचार सुरु गर्नुले उहाँ गम्भीर अवस्थामा पुग्नबाट जोगिनुभयो ।”

अस्पतालको आकस्मिक कक्षमा तत्काल दुई भाइल एन्टीस्नेक भेनम दिएपछि राजेशलाई सघन उपचार कक्षमा लगिएको थियो । त्यहाँ थप १० भाइल एन्टीस्नेक भेनम दिइएपछि सर्पदंशका लक्षण क्रमशः कम हुँदै गए । सर्पदंशका प्रारम्भिक लक्षण नियन्त्रणमा आए पनि डसेको ठाउँको घाउले भने उहाँलाई केही समय छाडेन । घाउ निको हुन समय लागेपछि करिब दुई महिनासम्म उहाँ पहिलेजसरी सर्प उद्धारमा निस्कन सक्नुभएन तर फोन आउन छाडेका थिएनन् । कतै घरभित्र सर्प पसेको खबर आउँथ्यो, कतै विषालु सर्प देखिएको भन्दै उद्धारका लागि बोलाइन्थ्यो । शरीरले जान नदिए पनि मन भने घटनास्थलमै पुग्थ्यो ।

निको हुँदै गएपछि उहाँ फेरि सर्प उद्धारमा निस्कन थाल्नुभयो । आफूलाई डसेको किङ कोब्रासँग फेरि कहिले सामना होला भन्ने उहाँलाई थाहा थिएन । त्यसको करिब तीन महिनापछि भदौ १८ गते बिहान मकवानपुरको बकैया गाउँपालिका–३ देउराली चिसापानीबाट उहाँको फोनमा फेरि किङ कोब्रा देखिएको खबर आयो । सुरुमा उहाँले स्थानीयलाई सुरक्षित दूरी कायम गर्न र सर्पलाई जङ्गलतर्फ जान दिन आग्रह गर्नुभयो । तर सर्प बस्ती आसपासमै रहेपछि उद्धारका लागि पटकपटक आग्रह आयो ।

जेठमा किङ कोब्राको डसाइ खेपेका राजेश यसपटक पनि पछि हट्नुभएन । छोरा रोशनलाई लिएर फेरि किङ कोब्रा उद्धार गर्न निस्कनुभयो । डिभिजन वन कार्यालय मकवानपुर र सव–डिभिजन वन कार्यालय हात्तीसुँडेसँग समन्वय गरेर बाबुछोरा देउराली चिसापानी पुग्नुभयो । “फेरि किङ कोब्रा आएको खबर सुन्दा मलाई डरभन्दा खुसी लाग्यो”, राजेशले भन्नुभयो, “त्यो घटनाबाट बाँचेर आएपछि फेरि किङ कोब्रा बचाउने अवसर मिल्यो भन्ने लाग्यो ।”

बस्ती नजिक रहेको करिब साढे सात फिट लामो अनुमान गरिएको किङ कोब्रालाई बाबुछोराले सुरक्षित उद्धार गर्नुभयो । राजेशका अनुसार त्यो उहाँले उद्धार गरेको १५औँ किङ कोब्रा थियो । १४औँ उद्धारका क्रममा उहाँ आफैँ डसिनुभएको थियो र त्यसको उद्धार रोशनले पूरा गर्नुभएको थियो । राजेशको सर्पसँगको यात्रा करिब चार वर्षअघि सुरु भएको हो ।

पेसाले पत्रकार उहाँ सर्प उद्धारकर्ता बन्ने योजनासहित यस क्षेत्रमा आउनुभएको थिएन । सर्पसम्बन्धी अध्ययन र सचेतनामूलक सामग्री तयार गर्ने क्रममा चासो बढ्दै गएपछि उहाँले यसबारे थप सिक्न थाल्नुभयो । सर्पसम्बन्धी अध्येता तथा जानकारसँगको सिकाइ र आफ्नै अध्ययनपछि उहाँ उद्धारमा जोडिनुभएको हो । त्यसक्रममा रोशन पनि बुबासँगै जोडिनुभयो । सुरुमा सर्पसम्बन्धी सचेतनामूलक सामग्री बनाउने बाबुछोरालाई घरमा सर्प देखिएपछि मानिसले सहयोगका लागि फोन गर्न थाले । अहिले उहाँहरू मकवानपुरसँगै बारा र पर्साका विभिन्न स्थानसम्म सर्प उद्धारका लागि पुग्ने गर्नुहुन्छ ।

राजेशका अनुसार चार वर्षको अवधिमा उहाँले विषालु र अविषालु गरी एक हजारभन्दा बढी सर्प उद्धार गर्नुभएको छ । उद्धार गरिएका सर्पलाई सम्बन्धित वन निकायसँग समन्वय गरी मानव बस्तीबाट टाढा उपयुक्त प्राकृतिक क्षेत्रमा छाड्ने गरिएको उहाँ बताउनुहुन्छ । यसका लागि कुनै सरकारी वा निजी संस्थाबाट नियमित तलब वा भत्ता नलिएको उहाँको भनाइ छ । रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

ट्रेन्डिङ

सबै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.