Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, बैशाख ०५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

अब नारायणी किनारमा पनि कपडा/पुस्तक बैंक

  •   सोमबार, साउन २७, २०७६
  • A
  • A+
  • A++

सेवा र बिकासका लागि युवा नामक सामाजिक सस्थाले आज नारायणी किनारमा कपडा/पुस्तक बैंक संचालनमा ल्याएको छ । अन्तरास्ट्रिय युवा दिवसको दिन पारेर यो बैंक संचालनमा ल्याएको सस्थाका अध्यक्ष राजु सापकोटाले नारायणी दैनिकलाई जानकारी दिनु भयो ।

सापकोटाले समाजमा एउटै लुगा वर्षौंसम्म वा धेरै पटक नलगाउने, नच्यातिएका र लगाउन मिल्ने लुगा पनि त्यसै फाल्ने परिपाटी भएकोले त्यसलाई संकलन गरी असहाय, अशक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिलाई वितरण गर्ने सोचसाथ बैंक स्थापना गरिएको बताउनुभयो ।

उहाँले जम्मा भएका कपडाहरु जो कोहीले आवश्यकताअनुसार लिनसक्ने बताउँदै बैंकमार्फत् प्रयोग गर्न मिल्ने कपडा मानवजीवनमा प्रयोगमा आउने खालका अन्य सामान तथा पुस्तकहरु पनि संकलन र वितरण गरिने जानकारी दिनुभयो ।

बैंकको संचालन गर्ने क्रममा वडा न १ कि वडा सदस्य श्री राम माया पिया, वडा सचिब शिब जी अधिकारी , संयुक्त पाच टोल बिकास सस्थाका उपाध्यक्ष दिपक शाही ठकुरी , कोसाध्यक्ष निरञ्जन श्रेष्ठ, भरतपुर महानगर युवा संजाल संयोजक सन्देश वाग्ले ,सचिब अमित सापकोटा ,सस्थाका सल्लाहकार बिमल पौडेल, सचिब बिपिन कंडेल , सस्थापक सदस्य भिम पौडेल, नबिन दवाडी, कृष्ण चापागाईं , त्रिविक्रम रेग्मी तथा अन्य व्यक्ति हरु को उपस्थिति रहेको थियो ।

बैंक गरिबले लैजाने र धनीले दिने केन्द्रमात्र नभएर आवश्यक भएकाले लैजाने र आवश्यकता भन्दा बढी भएकाले दिने उद्धेश्यसाथ खोलिएको भरतपुर महानगर युवा संजाल संयोजक वाग्लेले बताउनुभयो । बैंकबाट बाढीपहिरो, आगलागीपीडितलाई पनि सहयोग गरिनेछ । बैंक विहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहने छ । बैंकको रेखदेख संयुक्त पाच टोल विकास सस्थाले गर्ने उपाध्यक्ष ठकुरीले जानकारी दिनु भयो । भरतपुर वडा न. १ , महानगर युवा संजाल , संयुक्त पाच टोल बिकास संस्था , नारायणगढ जेसिजको सहकार्यमा यो बैंक स्थापना भएको हो भने सहयोगीको रुप मा V-Group Nepal , town group र सम्पूर्ण ट्रेडिंग प्रा लि रहेका छन्।

बैंक फलामको दराजले बनेको छ ।यो ६*६ sq foot आकारको छ, जसलाई टिनको पाताले तीनतिरबाट घेरेर हावा हुरी र पानीबाट सुरक्षित बनाइएको छ भने अगाडी बाट चार वोटा फलाम कै ढोका छन् , भित्रि भागमा पुस्तक तथा अन्य सामग्रीको लागि एक खण्ड छुट्टयाइएको छ भने एक खण्ड कपडाको लागि छ ।

सेवा र बिकास का लागि युवा ले स्थापना काल देखि नै सामाजिक तथा जनचेतना मुलक कार्य गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.