• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असोज ०५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ६. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

‘समृद्ध नेपालको असल नागरिक बन्नु’ कंडेलको लक्ष्य



  •   शुक्रबार, साउन ३१, २०७६
  • A
  • A+
  • A++

२०५० साल चैत्र १६ गते नवलपुरको अमरापुरीमा मुक्तिराम  कंडेल र गंगा देवी कंडेलको दोस्रो सन्तानको रुपमा बिपिन कंडेलको जन्म भएको थियो । प्रेसिडेन्सी कलेजमा MBA गर्दै गरेका कंडेल प्राय सामाजिक कार्यमा नै ब्यस्त हुन्छन् ।

उनले SLC सम्मको पढाई गैंडाकोटको बिजय सामुदायिक  शिक्षा सदनबाट, +2 काठमाडौँ NIST बाट,  BBA प्रेसिडेन्सी कलेजबाट पुरा गरे । पढाईमा अब्बल कंडेल सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर देखिन्छन्  । सानै देखि असल परिवारमा हुर्केका कंडेल आफ्नो प्रेरणाको स्रोत काका हिरालाल कंडेललाई मान्छन् । हिरालाल कंडेल राष्ट्रिय कलाकार, योग गुरु तथा बाल संस्कारको अभियन्ता हुनुहुन्छ । ‘उहाका सम्मान र प्रसंसा पत्रले नै मलाई सामाजिक कार्यमा लाग्न प्रेरित गर्यो, धन चाहिन्छ तर मनको खुसी अरुको भलाईमा मात्र पाईन्छ’ कंडेल भन्नछन्  ।

+2 पढाई गर्दै गर्दा १०-१५ जना मिलेर गुरु पुर्णिमा कलेजमा मनाए पछि उनको सामाजिक यात्रा सुरु भएको रहेछ । ‘गुरुहरुको आशिर्बाद बिना हामी अपुरो हुन्छौ , त्यसैले आफुले कति धन कमाए भन्दा पनि कति जनाको आशिर्बाद प्राप्त गरे त्यो मनन गर्नु पर्छ ‘ कंडेल भन्छन् । NIST  कलेजमा रक्तदान कार्यक्रम सहित अन्य थुप्रै कार्यक्रममा उनको महत्वपूर्ण भूमिका रहने गरेको सहपाठी कमल पाण्डे र सुजन पाठकले जानकारी दिनुभयो । उहाहरु कलेजमा volunteer group गठन गरेर रचनात्मक कार्यहरु गर्नु हुन्थ्यो ।

कंडेलले काठमाडौँको बसाईको क्रममा विभिन्न तालिमहरु लिए भने प्राज्ञिक विद्यार्थी परिसद नेपाल लगाएत अन्य संघ संस्थासंग आबद्ध भएका थिए ।

उनले काठमाडौँको बसाई पश्चात भरतपुर आएर प्रेसिडेन्सी कलेजमा BBA को पढाई सुरु गरे । हरेक रचनात्मक गतिबिधिमा उनको बिशेस योगदान  रहने गरेको कलेजका शिक्षकहरु बताउनु हुन्छ । कलेजलाई दलगत राजनीति भन्दा माथि राख्नु पर्छ भनेर उनकै नेतृत्व student council गठन भएको थियो र  कलेजमा हुने प्राय अतिरिक्त गतिबिधी काउन्सिल मार्फत नै हुने गरेको छन् ।

अन्य कलेजमा स्वबियुको चुनाब हुन नसकेको अवस्थामा हरेक वर्ष निर्धारित समयमा काउन्सिलको चुनाब हुन्छ । कलेजलाई दलगत राजनीति गर्ने थलो भन्दा पनि विद्यार्थीको सर्बंगिण बिकासमा जोड दिन काउन्सिलको स्थापना भएको कंडेलको भनाई छ । Presidency कलेज पढ्दै गर्दा विभिन्न सामाजिक कार्यमा उनको संग्लग्नता  बढ्दै गयो ,कुनै पनि कार्यक्रमको नेतृत्व गर्न कहिले पछि हटेनन्  ।  कलेजमा उनकै पहलमा प्राथमिक उपचार केन्द्र  स्थापना , भूकम्प पिडित , हावाहुरी पिडितलाई  सहयोग संकलन गरि हस्तान्तरण तथा अन्य सामाजिक कार्य  भएका थिए ।

सामाजिक कार्यसंगै देश बिकासमा ब्यबसायी युवाहरुको महत्वपूर्ण भूमिका रहने भएकोले V-group Nepal ( virtual group of starts-up) लाई पनि संग-संगै अघि लगेका छन्  । v- group मार्फत नया उधमीहरुलाई ब्यबसायिक सफलता कसरी प्राप्त गर्न सकिन्छ भनेर ब्यबसायी बिचनै जन-सम्पर्क बढाई रहेका छन् ।  जब एक उद्धमी मिलेर  अर्को उद्धमीसंग सहकार्य गर्दछन्  दुवै उद्धमी /ब्यबसायी सफल हुन्छन् । सामुहिकतामा नै कंडेलले विश्वास गर्छन । यस group मा नया उद्धमी/ ब्यबसायी निसुल्क सदस्य बन्न सक्छन् ।

हालसालै चितवनको नारायणी किनारमा सेवा र बिकासका लागि यूवाले संचालन गरेको पुस्तक तथा कपडा बैंकमा उनको बिशेष योगदान रहेको छ। उक्त  बैंकमा पुस्तक तथा कपडा  दिने मन भएकाले दिन सक्ने छन् भने आवस्यक भएकोले  निसुल्क लैजान सक्नेछन ।

बर्तमानमा बिपिन कंडेल प्राज्ञिक विद्यार्थी परिसद नेपाल, बिस्व विद्यार्थी तथा युवा संघको केन्द्रीय सदस्य, सेवा र बिकासका लागि युवाको सचिब, विजय सामुदायिक शिक्षा सदन भुतपुर्ब विद्यार्थी मंचको   अध्यक्ष, नारायण्गढ़ जेसिजको जनसम्पर्क अधिकारी , युवा सहयोगी समाजको सदस्य रहेको छन्  ।


‘ समृद्ध नेपालको असल नागरिक बन्नु’ कंडेलले  जिबनको अन्तिम लक्ष्य राखेका छन्  ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

ट्रेन्डिङ

सबै

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.