चितवन – फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले फोर्स ट्रयाक्स च्यालेन्जर जंगल सफारी जीप सार्वजनिक गरेको छ । हालै चितवनको सौराहमा एक कार्यक्रमका बीच जीपको बिक्री सुरुवात गरिएको हो ।
१४ सिट क्षमताको सफारी जीप आरामदायी रहेको प्रालिका प्रवन्ध निर्देशक निरन केसीले जानकारी दिए । बिक्री सुरुवातको अवसरमा आगामी शनिबारसम्मका लागि ५ लाख रुपैयाँ छुटमा सफारी जीप बिक्री भइरहेको केसीले जानकारी दिए । सफारीको मूल्य ३५ लाख रुपैयाँ कायम गरिएको छ ।