नारायणी दैनिक / भरतपुर: सबै किसिमको रोजगारी सम्बन्धित जानकारी दिने उदेश्यले भरतपुरबाट town work पत्रिका प्रकासन सुरु भएको छ। विभिन्न क्षेत्रका vacancy हरु बिभिन्न पत्र पत्रिकामा दिनु पर्दा कम्पनिहरुको खर्च धेरै हुने र रोजगारीको खोजीमा हुनेहरुले पनि कामको लागि हार गुहार गर्नु पर्ने अवस्था देखेर यो पत्रिका प्रकासन गरेको प्रकासक भिम पौडेलले बताउनु भयो । यो पत्रिका अर्ध मासिक रुप मा प्रकासन हुने छ भने हाल लाई चितवन र नवलपुरका कम्पनि हरुको vacancy हरु प्रकासित हुनेछन् ।
पत्रिका कहाँ कहाँ उपलब्ध छन्?
यो पत्रिका चितवन र नवलपुर जिल्लाको पुस्तक पसल हरुमा उपलब्ध छन् । वर्तमानमा लोथर देखि आरुण खोला सम्म ५० वटा अधिकारीक बिक्रि केन्द्र रहेको बजार ब्यबस्थापक धनराज कंडेल ले जानकारी दिनु भयो।
यो पत्रिकामा के के छ?
यो पत्रिकामा मा प्रतिष्ठित कम्पनी हरु को vacancy र रोजगारी सम्बन्धि सामग्रीहरु समाबेश गरिएको सम्पादक बिपिन कंडेलले बताउनु भयो । पत्रिकमा cv लेख्ने तरिका, अन्तरबार्तामा ख्याल गर्नु पर्ने कुरा साथै cv लेख्नको लागि cv को फारम पनि राखिएको छन्।
यो पत्रिका कसका लागि उपयुक्त छ?
यो पत्रिका रोजगार दाता र रोजगारीको खोजीमा रहनु भएको हरेक व्यक्तिको लागि उपयुक्त छ । कामदार र कम्पनि बीच सिधा सम्पर्क गराउनको लागि यो पत्रिकाले सहयोग गर्ने छ।