Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

” मकवानपुरले गुमाएको खुशि “

" हेटौडा-काठमाडौं रोप-वे : एउटा इतिहास "

  •   बिहिबार, असोज २३, २०७६
  • A
  • A+
  • A++

राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं १९८२ मा मकवानपुरको भीमफेदी नजिकको धोर्सिङबाट मातातिर्थसम्मको २२ किलोमिटरमा रोप-वे लाइन बनाएका थिए । यही रोप-वेले धोर्सिङबाट काठमाडौंसम्म सामान ढुवानी गर्थे । गाडीबाट हेटौंडा हुँदै भीमफेदी आइपुगेका अन्न, मेसिनरी डिब्बामा लोड गरिन्थे । अनि पुग्थ्यो काठमाण्डाै । यो रोप-वे २०५४ सालसम्म चलिरह्यो । हेटौंडा औद्योगिक क्षेत्रबाट उत्पादन भएका सामान यो रोप-वे भएर काठमाडौं ल्याइन्थ्यो । लागत सस्तो पर्ने भएकाले हेटौंडाका एसियन पेन्ट्ससहितका कम्पनीले यही रोप-वेबाट काठमाडौं सामान पठाउँथे तर, विभिन्न ठाउँमा हुकिङ गरेर सामान चोर्ने समस्या थिए । यो रोप-वेले सुरुआतमै प्रतिघन्टा ८ टन सामान बोक्थ्यो । पछि विस्तार गरेर हेटौंडासम्म पुर्‍याइएपछि यसले घण्टामा २२ देखी २५ टन सामान बोक्न सक्ने भयो ।

यो रोप-वेलाई जुद्धसम्शेरले टेकुस्थित भन्सार कार्यालयसम्म विस्तार गरेका थिए । वि.सं २०११ मा बाढीले धोर्सिङको पावर हाउसमा क्षती पुग्यो र रोप-वे बन्द भयो । त्यसपछि सरकारले पहिलो पञ्चवर्षीय योजना ( वि.स २०१३-२०१८ ) मा यो रोप-वे विस्तारको योजना बनायो र, वि.स २०१६ सालबाट काम थालियो । अमेरिकी सहयोगमा ६४ लाख डलर खर्च गरेर रोप-वे विस्तार गरियो, लम्बाई ४२ किलोमिटर भयो । त्यो समयमा एक किलो सामग्री ढुवानी गर्न ५ पैसा लाग्थ्यो । त्यसभन्दा अघि त झन् एक पैसा मात्रै ।
वि.स २०५४ सालमा रोप-वेको भैंसेस्थित सबस्टेसनमा समस्या आयो, ट्रान्सर्फमर बिगि्रयो । मर्मत गर्न ४-५ लाख आवश्यक पर्‍यो । तर, सरकारले खर्च गरेन र बन्द भयो ।
बन्द भएका दिनमा चलिरहेका डिब्बा जहाँ-जहाँ आइपुगेका थिए, आज पनि त्यहीँ अडि्कएर झुण्डिरहेका छन् । देशमा ऊर्जा संकट सुरु भएपछि त झन् यसलाई सञ्चालन गर्नेबारे कसैले ध्यान नै दिएनन् । वि.सं २०५९ मा शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा रोप-वे खारेजीको निर्णय भयो ।

यो रोप-वेमा ८ वटा टर्मिनल छन् भने ७ स्टेशन । ३६० वटा डिब्बा सामान ओसार्न प्रयोग हुन्थे । झण्डै एक हजार मानिसलाई प्रत्यक्ष रोजगारी दिएको यो रोप-वेले विहानदेखि बेलुकसम्म झण्डै २५० टन सामान ओसार्थ्यो ।
जीर्ण रोप-वे पुनर्निर्माण गरेर चलाउने कुनै योजना नै छैन । रोप-वे अब इतिहासको एउटा पानामा सीमित हुने देखिन्छ । हेटौंडाको चौकीटोलमा रहेको रोप-वेको लोडिङ स्टेशनमा अहिले सुमो काउन्टर राखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.