• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ४. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ५. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ६. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ७. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

नेपालभरका मूर्तिकार सोमेश्वरमा भेला



  •   मङ्गलबार, कार्तिक २६, २०७६
  • A
  • A+
  • A++

चितवन – माडी नगरपालिकाको सोमेश्वर गढीमा देशभरका कलाकारहरु भेला भएका छन्। सोमेश्वर गढी वरपर बसेर ३० जना कलाकारहरु बिहानदेखि बेलुकीसम्म ठूला ढुंगा फोडेर कलात्मक आकृति बनाउन व्यस्त छन्। कोही हातमा छिनो, हतौडा लिएर ढुंगासँग रमाइरहेका छन्। कोही आफ्नै कलात्मक शैलीको आकृति बनाउन गम्भिर देखिन्छन्। कलाकारलाई कलामा रमाउने सबै मेसो माडी नगरपालिकाले मिलाएको छ। राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला आयोजना गरी नगरपालिकाले सोमेश्वर गढीलाई मूर्तिसहितको फूलबारी बनाउन लागेको हो।

माडी नगरपालिका वडा नम्बर–५ को सोमेश्वर गढी पाल्पाका राजा मुकुन्दसेनले अंग्रेजबाट बचाउन निर्माण गरेको इतिहास भेटिन्छ। सोमेश्वर क्षेत्रमा नेपाल–भारतको २४५ नम्बर सिमास्तम्भ समेत रहेको छ। सोमेश्वर गढीलाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० का लागि देशभरबाट छनौट गरेको एक सय नयाँ गन्तव्यमा समेत राखेको छ। माडीका कलाकार दिनेश्वर महतोले सोमेश्वर गढी उक्लने बाटोमा रहेको ढुंगामा करिव एक वर्षअघि भगवती कालिकाको टाउकोको मूर्ति बनाएका थिए। त्यसलगत्तै सोमेश्वर गढी क्षेत्रमा मूर्तिको खुल्ला बगैंचा बनाउने बारेमा छलफल अघि बढेको कलाकार महतोले बताए।

अहिले देशभरका कलाकार गढीमा रहेका ठूला ढुंगालाई फोडेर कलात्मक आकृति कुँद्न लागिपरेका छन्। गत शनिबारदेखि सुरु भएको १८ दिने कार्यशाला अवधिभर कलाकारहरुले करिव ४० वटा हाराहारीका मूर्तिहरु तयार गर्नेछन्। मूर्तिकारहरुले आधुनिक, सम–सामयिक र यथार्थपरक विषयवस्तु झल्काउने, राष्ट्रिय महत्व, धार्मिक र प्रकृति झल्काउने मूर्तिहरु तयार गरिरहेका छन्। मूर्तिहरु डेढ किलोमिटरको दुरीभित्रै निर्माण गर्न लागिएको ढुंगा स्थलगत अध्ययन पछि मूर्तिका लागि प्रयोगमा आएको हो। ‘बाटोमा त्यतिकै रहेको ठूला ढुंगामा मूर्ति बनाउन लागिएको हो। यहाँ गढीमा भएको ढुंगा जहाँ जस्तो अवस्थामा छन्। त्यसैमा मूर्ति बनाउँदै छौं,’ उनले भने। गढीको फेदीदेखि गढी पुग्ने बाटोको छेउमा रहेका ढुंगामा मूर्तिहरु बनाउन लागिएको हो। मूर्तिसँगै गढीमा आकर्षक बगैंचासहितको पार्क निर्माण गर्ने योजना नगरपालिकाले अघि बढाएको छ। कलाको माध्यमबाट सोमेश्वर गढीको पहिचान उजागर गर्नका लागि कार्यशाला चलाईएको उनले जानकारी गराए।

सोमेश्वर गढीमा निर्माण हुने मूर्तिले गढीको ऐतिहासिक, धार्मिक र संस्कृति महत्व उजागर हुनेसँगै माडीको समेत पहिचान बन्ने माडी नगरपालिकाकी उपमेयर ताराकाजी महतो बताइन्। ‘गढीबाट माडीका साथै भारतका ठाउँहरु अवलोकन गर्न सकिन्छ। प्रकृतिमा रमाउँदै घुम्न मन पराउनेहरुको लागि गढी उपयुक्त घुम्ने ठाउँ हुनसक्छ,’ उनले भनिन्। कार्यशालाका लागि नगरपालिकाले २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। यस वर्ष गढीको विकासका लागि करिव दुई करोड रुपैयाँ लगानी गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले बताए। ‘मोटर बाटोमा ढल निकास बनाउने, पाहुना घर बनाउने, सोमेश्वर कालिका मन्दिर नजिकै सिंढी बनाउने, आकर्षक गेट लगायतका पूर्वाधार बन्ने क्रममा रहेका छन्,’ उनले भने, ‘माडीभित्र वाल्मीकी आश्रम, गोद्धक, छरछरे, गोविन्देश्वर महादेव, वैकुण्ठ ताल, परशुराम कुण्ड, रेवा नदी, शनि मन्दिरलगायतका धार्मिक महत्वका स्थानसँगै ऐतिहासिक महत्वको गढी ताल, झरना समेत रहेका छन्।’ Nagariknews बाट साभार

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

ट्रेन्डिङ

सबै

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.