७० औ प्रजातन्त्र दिवसको अवसर पारी चितवनको कारागारमा पुस्तकालय स्थापना गरिएको छ । महानगर युवा संजाल र महानगर शिक्षा शाखाको संयुक्त सहकार्यमा कारागार भित्र रहेका कैदीहरुका लागि पचास हजार रुपैया बराबरका विभिन्न पुस्तकहरु दराज सहित ब्यबस्तित तरिकाले पुस्तकालय स्थापना गरिएको युवा संजाल संयोजक संदेश वाग्लेले जानकारी दिनुभयो ।
उक्त कार्यक्रमको अध्यक्षता भरतपुर महानगरका प्रमुख प्रसासकिय अधिकृत प्रेम राज जोशीले गर्नु भएको थियो भने प्रमुख अथिति प्रमुख जिल्ला अधिकृत नारायण प्रसाद भट्टराई रहनु भएको थियो। साथै भरतपुर वडा न ५ का युवा क्लबका अध्य्क्ष सागर पाठकले महानगरमा अब युवाहरुले सकारात्मक र रचनात्मक कार्य गर्दै भरतपुरलाई देशकै राम्रो महानगर बनाउने प्रतिबद्दता जनाउनु भयो ।