• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, जेठ १५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

सिपको सहि सदुपयोग गर्ने असली समाजसेवी, नमुना पौडेल

"सफल ब्यबसायि भनेको धेरै कमाउनु होइन धेरैको काम आउनु हो। "


  •   बिहिबार, बैशाख २५, २०७७
  • A
  • A+
  • A++

आरती घिमिरे। भरतपुर। लक डाउन को बेला थपक्क काम नगरि बसे पनि हुन्थ्यो तर नमुना दिदि भने माक्स बनाउन ब्यस्त हुनु हुन्छ् । यो लक डाउन भरि करिब ३०,००० पिस माक्स बनाइसक्नु भयो। बजारमा धेरै टेलर छन, लक्डाउनको पालना गरेर होला या ग्राहक नभएकाले होला सबै जसो बन्द नै छन्।

तर आम्दानिको पर्वाह नगरि सामाजिक सेवाको भावना लिएर यस्तो बिपतको घडिमा सिपको सहि सदुपयोग गर्नु नै असली समाज सेवा हो ।

हस्पिटल क्षेत्र साप्ताहिक सरसफाइ अभियान कि अभियान्ता पनि हुनु हुन्छ उहाँ त्यसैले हामी सामाजिक सेवाले गर्दा नजिकिएका छौँ। अब बनाएको माक्स चाहिँ कतै सहयोग गर्न पाए हुन्थ्यो भनि मलाइ भन्नु भएको थियो। त्यसैले जहाँ अति आवस्यकता र सबैको सहयोग पुगेको हुंदैन त्यहाँ सहयोग गर्दा राम्रो हुन्छ भन्ने सल्लाह भयो र हामी गयौॅ चितवन जिल्ला कारागार।

बन्दिहरुलाइ धेरैले घिर्णाको नजरले हेर्ने र हेप्ने प्रबिद्धि छ। तर माया गर्ने हो भने उनिहरुमा सकारात्मक परिवर्तन आउछ् भन्ने बिश्वास छ। त्यसैले कसरी हुन्छ उनिहरुलाइ उद्दम गर्न , सेवा गर्न प्रेरित गर्नु आवस्यक देखिन्छ। त्यसैले हामी सकारात्मक सोच लिएर कारागार गयौॅ ।महानिर्देशक प्रदिप कंडेल सरलाइ सम्पर्क गर्न धिरेन्द्र दाइले भन्नु भयो। उहाँलाई फोन गरेपछि कारागार भित्र जान सजिलो भयो।

उहाँहरुले पनि यस्तो ठाँउ सम्झिएर आउनु भयो भनेर सम्मानजनक ब्यबहार गर्नु भयो। त्यहाको लागि भनेर तयार गरेको ३०० पिस माक्स हस्तान्तरण गरेर लाग्यौॅ मानब सेवा आश्रम तर्फ ।

त्यस पछि मानव सेवा आश्रमका लागि पनि माक्स बनाएकि छु आरती जाम भन्नु भयो। अनि मानव सेवा आश्रममा गएर आफैँ माक्स पनि लगाइदियौॅ । त्यहाँ बस्नु भएकि एउटि आमालाइ देखेर मेरो आमालाइ पनि यसरि छोडेको भए तिमी हामी यसरी भेट हुने थिएन भन्नु भयो । मन चसक्क भयो।मानब सेवा को लागि ५० पिस माक्स दिदिले दिनु भयो ।

कारागारमा र मानब सेवा आश्रममा माक्स दिइ सकेपछि झन उर्जा मिलेछ दिदिलाई सायद दुइ दिन पछि फोन गरेर ‘अझै माक्स बनाएकि छु आरति पैसाले कहिले पुग्दैन यो पनि काम लाग्ने ठाउँमा सहयोग गर्छु’ भनेर भन्नु भयो। यस पटक हाम्रो सुरक्षाका लागि भनेर दिन रात खटिएका सुरक्षाकर्मिहरुको लागि दिन उपयुक्त होला भनेर ३०० पिस माक्स चितवन जिल्ला प्रहरि कार्यालयमा गएर हस्तान्तरण गर्नु भयो।

पैसा कमाउने उद्येश्यले मात्र सोचेको भए माक्सलाइ महंगोमा बेच्ने काम हुन्थ्यो वा त्यहि काम पनि हुन्थेन । बिपतको बेलामा माक्स सिलाउने सोच सामाजिक सेवाको भावनाले आएको हो।दिदिले यो समयमा अहिले सम्म १००० पिस माक्स निसुल्क वितरण गर्नु भएको छ र आवस्यक स्थानमा दिदै जाने सोच राख्नु भएको छ । सफल ब्यबसायी भनेको धेरै कमाउनु होइन धेरैको काम आउनु हो।

(लेखक भरतपुर महानगर युवा संजालको सह संयोजक एबम् एक सामाजिक अभियन्ता हुनुहुन्छ । )

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

ट्रेन्डिङ

सबै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.